बुन्डेसलिगामा डर्टमण्ड आफ्नै मैदानमा पराजित
काठमाडौं । जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिखले बोरुसिया डर्टमुन्डलाई उसैको मैदानमा पराजित गरेको छ । डेभिड अल्बा, रोबर्ट लेवान्डोस्की र लोरी सानेले एक एक गोलको मद्दतले बायर्नले डर्टमुन्डलाई ३–२ ले पराजित गरेको गरेको हो ।
डर्टमन्डको सिग्नल इडुना पार्क अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला भएको खेलमा पहिलो हाफमा डर्टमण्ड १–० ले अगाडी रहेको थियो । खेलको ४५ औं मिनेटमा डर्टमण्डका रिउसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । लगत्तै पहिलो हाफको इन्जुरी समयमा बायर्नका अल्बाले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । दोस्रो हाफको खेलको ४८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । खेलको ८० औं मिनेटमा सानेले गोल गरेपछि बायर्नले खेलमा ३–१ गोलको अग्रता लियो। खेलको ८३ औं मिनेटमा घरेलु टोलीका लागि हालाण्डले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन र बायर्न ३–२ ले विजयी भयो । जितसँगै ७ खेलमा १८ अंक जोडेको बायर्न अंक तालिकाको शिर्ष स्थानमा यथावत रहेको छ । ७ खेलमा १५ अंक जोडेको डर्टमुन्ड अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । गएराति भएको अन्य खेलहरुमा ओक्सवर्गले हर्थालाई ३–०, आरबी लेईप्जीगले एससी फ्रेईबर्गलाई ३–०, युनियन बर्लिनले अर्मिनियालाई ५–० पराजित गर्दा ईन्टार्च फ्रयान्कफुट र बिल्ड भिएफबीस्टटगार्ट बीचको खेल भने बराबरीमा टुङिएको छ ।







डिसी नेपाल








Facebook Comment