पाकिस्तान क्रिकेट बोर्डले पहिलो महिला निर्देशक पायो

डिसी नेपाल
२५ कार्तिक २०७७ १६:४६
64
Shares

काठमाडौं। पाकिस्तान क्रिकेट बोर्डले पहिलो महिला निर्देशक पाएको छ । बोर्डकी पहिलो महिला निर्देशक बन्ने सौभाग्य आलिया जफरले पाएकी छिन् । आलियालाई पाकिस्तान क्रिकेट बोर्डको स्वतन्त्र निर्देशकको रुपमा नियुक्त गरिएको हो । अल जजीराका अनुसार यसअघि मानव संसाधन कार्यकारी रहेकी आलियासहित ४ जना नयाँ निर्देशक नियुक्त गरिएको छ । वित्तीय कार्यकारी जावेद कुरेशी, अर्थशास्त्री असीम वाजिद जावेद र कर्पोरेट कार्यकारी आरिफ सइदलाई निर्देशक नियुक्त गरिएको छ ।

कर्पोरेट क्षेत्रमा उच्च पदमा रहेर काम गरेकी आलियालाई २ वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो । उनले यसअघि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी)मा पनि काम गरिसकेकी छिन् । गत वर्षदेखि लागू भएको पाकिस्तान क्रिकेट बोर्डको नयाँ संविधानमा पीसीबीको गभर्नरको बोर्डमा ४ जना स्वतन्त्र निर्देशकमध्ये एक जना महिला हुनुपर्ने अनिवार्य व्यवस्था छ ।

‘म नवनियुक्त ४ निर्देशकहरु, खासगरी पहिलो महिला निर्देशक आलिया जफरलाई स्वागत गर्छु । यो पीसीबीको प्रशासकीय संरचनामा सुधारको लागि ठूलो कदम हो’ पीसीबीका अध्यक्ष एहसान मनीले मंगलबार भने ‘यी ४ नयाँ नियुक्त सदस्यहरुले आफूसँग विविध ज्ञानको सम्पत्ति लिएर आउनुहुनेछ जसले पीसीबीको व्यवसायिकता र कार्यशैलीलाई धेरै सुधार गर्नेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.