आईपीएलमा खेल्न नपाएका १० विदेशी खेलाडीहरु
काठमाडौं । आईपीएलमा मोटो रकमको सवालमा विदेशी क्रिकेटरहरू जहिले पनि टोली मालिकहरूको पहिलो विकल्प हुन्छन् । तर आईपीएल २०२०मा करोडौं रूपैयाँमा खरिद गरिएका अघिल्ला संस्करणका चर्चित विदेशी क्रिकेटरहरूले एक खेल खेल्न पनि मौका पाएनन । अस्ट्रेलियाका विस्फोटक ओपनर क्रिस लिनबाहेक नेपालका सन्दीप लामिछाने, चेमो पल, मिशेल म्याक्लेनगन, ओसाने थोमस, बिली स्टानलेक लगायत १० विदेशी खेलाडीहरुले २०२० आईपीएलको डग आउटमा मौन दर्शकका रुपमा खेल हेरेर बसे। गत दुई आईपीएलमा १३५ को स्ट्राइक रेटमा ८९६ रन बनाएका ओपनर लिनलाई २ करोड भारतीय रुपैयामा किनेको मुम्बई इन्डियनले बेन्चमै बसाएर सबैलाई चकित बनायो ।
गत आइपीएलमा उत्कृष्ट प्रदर्शन गरी शेन वार्नको वाहवाही लुट्ने नेपाली लेग स्पिनर सन्दीप लामिछाने यस पटकको आईपीएलमा दिल्ली क्यापिटलको प्लेईङ ११ मा पर्न असफल रहे । अमित मिश्रा घाइते भएपछि खेल्ने सम्भावान बोकेका सन्दीपले अन्त्यमा बेन्चमै बसेर आईपीएलका खेलहरु टुलुटुलु हेरेर बस्नुपर्यो । २० लाख भारतीय रुपैयामा खरिद गरिएका सन्दीपले पछिल्लो आईपीएलको ६ खेलमा ८ विकेट लिएका थिए। यस्तै दिल्लीका लागि वेस्टइन्डीजका अलराउन्डर चेमो पउलले गत आईपीएलमा आठ खेलमा ९ विकेट लिएका थिए। तर ५० लाख भारतीय रुपैयामा किनिएका पावलले यसपटक एक खेल नखेलि चित बुझाउनु पर्यो । आईपीएल २०२०मा मुम्बई इन्डियनले शीर्ष तीन विदेशी क्रिकेटरहरुलाई बेन्चमै बसायो। पछिल्लो तीन आईपीएलका हीरो लिनबाहेक, दुई करोड भारतीय रुपैयामा दिल्लीबाट खरिद गरिएका वेस्टइन्डीजका अलराउन्डर शेर्फन रदरफोर्डले पनि यस पटकको आईपीएलमा खेल्ने मौका पाएनन। उनले अन्तिम पटक दिल्लीको लागि सात खेल खेलेका थिए। न्युजील्यान्डका तिव्र गतिका बलर मिचेल म्याक्लेन्नेगन २०१२ देखि मुम्बईका मुख्य ओपनर बलर हुन्, तर एक करोड भारतीय रुपैयामा किनिएका मिचेलले यसपटकको आईपीएलमा दुखः गर्नु परेन। सनराइजर्स हैदराबादले वेस्टइन्डीजका कप्तान तथा स्पिनर फेबियन एलेन र अष्ट्रेलियाका कप्तान मध्यक्रमका बलर बिली स्टानलेकलाई एक खेल नखेलाई बेन्चमै राख्यो ।
राजस्थान रोयल्सले वेस्टइन्डिजका तिव्र गतिका बलर ओसाने थोमसलाई १० करोड भारतीय रुपैयामा किनेको थियो तर उनले आईपीएलको पहिलो खेल खेल्ने मौका पाएनन। ७५ लाख भारतीय रुपैयामा खरिद गरिएका विस्फोटक डेभिड मिलरले आईपीएल २०२० मा मात्र एक खेलको स्वाद चाख्ने मौका पाए । उनले आईपीएलमा २०१२ देखी १३८.७८ को स्ट्राइक रेटबाट १ हजार ८ सय ५० रन बनाएका छन । अली खान घाइते भएपछि केकेआरले न्युजील्यान्डका टिम सिफर्टलाई ५० लाख भारतीय रुपैयामा भित्रार्यायो तर उनले प्लेइङ ११ पर्नको लागि टिम व्यवस्थापनको विश्वास जित्न सकेनन। गत आइपीएलमा ६ खेलमा ७ विकेट लिएका दक्षिण अफ्रिकी तिव्र गतिका बलर हरडेस भिल्जोनलाई किंग्स इलेवनले आईपीएल २०२० कुनै खेल खेल्ने मौका दिएन। भिल्जोन ७५ लाख भारतीय रुपैयामा खरिद गरिएका थिए। सिएसके र आरसिबी मात्र दुई यस्ता टोलीहरू थिए जसले आफ्ना सबै विदेशी क्रिकेटरहरूलाई आईपीएल २०२० मा खेन्ने मौका दिए ।







डिसी नेपाल








Facebook Comment