खेल्नै नपाई नेपाल फर्किएका सन्दीप भन्छन : कथा सकिएको छैन…
काठमाडौं । नेपाली लेग स्पिनर तथा राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने स्वदेश फर्किएका छन । युएईमा सम्पन्न आईपीएल २०२० सकाएर बिहीवार बिहान उनी काठमाडौं आईपुगेका हुन । सन्दीप करिब तिन महिना पछि नेपाल आईपुगेका हुन । उनी गत साउन १५ मा क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएका थिए । सिपिएलमा जमैका तलावाजबाट खेलेका सन्दीपले १० खेलमा १२ विकेट लिएका थिए । सिपिएलमा गरेका प्रदर्शनको आधारमा आईपीएल २०२० खेल्ने ठुलो आशाका साथ उनी युएई पुगे । तर युएईमा भएको आईपीएलमा दिल्ली क्यापिटल्समा आवद्व भएका उनले कुनैपनि खेल खेल्न नपाई नेपाल फर्कनु पर्यो ।
सामाजिक संजालमा सक्रिय रहेका सन्दीपले नेपालको आएको केही घन्टापछि ट्वीटरमा पोस्ट गरेका छन ‘कथा सकिएको छैन, बिस्तारै सुरु हुदै छ’ उनको यो ट्वीटलाई लिएर उनले हार नखाएको र उनले अगाडि धेरै कुराहरु गनुपर्ने प्रष्ट रुपमा वुझ्न सकिन्छ । आईपीएलमा खेल्न नपाए पनि उनले यसपटकको बिग ब्यास लिग (बिबिएल)मा खेल्ने पक्का रहेको छ । नेपालमा केही समय परिवारसँग बिताएपछि उनी बिबिएलका लागि अष्ट्रेलियाका प्रस्थान गर्नेछन । बिबिएलमा उनले खेल्ने टोली आईतवार सम्म तय हुने नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले बताएका छन ।







डिसी नेपाल








Facebook Comment