अमेरिकी दूतावासले पाकिस्तानसँग माफी माग्यो

डिसी नेपाल
२७ कार्तिक २०७७ १३:५०
3.0k
Shares

काठमाडौं। पाकिस्तानको इस्लामाबादस्थित अमेरिकी दूतावासले पाकिस्तानसँग माफी मागेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध ट्वीटरमा पोस्ट गरिएको एक पोस्टलाई अमेरिकी दूतावासले रिट्वीट गरेको थियो । पाकिस्तानको विपक्षी दल पिएमएल–एनका नेता एहसान इकबालको एक ट्वीटलाई इस्लामाबादस्थित अमेरिकी दूतावासले रिट्वीट गरेपछि सामाजिक संजालमा ठूलो विरोध भएको थियो । पछि अमेरिकी दूतावासले यस विषयमा माफी मागेको हो ।

केही दिनदेखि पाकिस्तानमा वाशिङटन पोस्टमा प्रकाशित एक लेखको स्क्रिनशट भाइरल भइरहेको थियो जसमा डोनाल्ड ट्रम्पको हार विश्वभरका तानाशाहको लागि एक झट्का भएको भनिएको थियो । पिएमएल–एनका नेता इकबालले यही आर्टिकल शेयर गर्दै ‘हामीकहाँ पाकिस्तानमा पनि एक तानाशाह छन्, छिटै उनलाई बाहिर निकालिनेछ’ लेखेका थिए । इकबालको यही ट्वीट अमेरिकी दूतावासले रिट्वीट गरेको थियो ।

यससँगै अमेरिकी दूतावासले प्रोटोकल उल्लंघन गरेको भन्दै तीब्र विरोध भयो । ट्वीटरमा अमेरिकी दूतावासले माफी माग्नुपर्ने आवाज तीब्र भयो । यससँगै अमेरिकी दूतावासले माफी मागेको हो । दूतावासले माफी माग्दै लेखेको छ ‘अमेरिकी दूतावासको ट्वीटर अकाउण्ट हिजो राती ह्याक भएको थियो । अमेरिकी दूतावास राजनीतिक सन्देशहरु पोस्ट गर्ने र रिट्वीट गर्नुलाई समर्थन गर्दैन । यो अनाधिकारिक पोस्टबाट भएको कुनै पनि किसिमको विवादको लागि हामी माफी माग्छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.