नवौ राष्ट्रिय खेलकुद समयमा नहुने
काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को बार्षिक साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । भर्चुअल साधारणसभामा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनारले कोभिड–१९ का कारण नवौ राष्ट्रिय खेलकुद समयमा नहुने बताएका छन ।
मन्त्री विश्वकर्माले नेपाली खेलकुद जिवनलाई सामान्यीकरण तर्फ अघि बढाउन सरकारले निर्णय गरेको बताउँदै जोखिम तथा सबै चुनौतीका बावजुद पनि खेलकुद अघि बढाउने बताए । उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिब रमेश कुमार सिलवालले टोकियो ओलम्पिकका लागि परिषदले आफ्नो तयारी शुरु गरिसकेको बताए । उनले अन्तर्राष्ट्रिय प्रशिक्षकहरुलाई नेपाल बोलाएर भए पनि ओलम्पिकका लागि प्रशिक्षण दिने बताए । कोभिड–१९ का कारण एनओसीले आफ्नो साधारणसधा भर्चुअल मार्फत गरेको हो ।







डिसी नेपाल








Facebook Comment