ट्रम्पको दावी खारेजः ‘निर्वाचन अमेरिकी इतिहासकै सबैभन्दा सुरक्षित, धाँधलीको प्रमाण छैन’

डिसी नेपाल
२८ कार्तिक २०७७ १५:१८
1.0k
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपतिको निर्वाचनमा धाँधली भएको बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पको दावीलाई अमेरिकाका शीर्ष निर्वाचन अधिकारीले खारेज गरिदिएका छन् । गएको नोभेम्बर ३ मा भएको निर्वाचनमा ‘सम्झौता मतपत्र’ वा ‘भ्रष्ट मतदान प्रणाली’को कुनै प्रमाण नभएको ती अधिकारीले बताएका छन् । शीर्ष डेमोक्रेट नेताले जो बाइडेनको जीतलाई अस्वीकार गर्नु प्रजातन्त्रलाई विषाक्त पार्नु भएको आरोप लगाएलगत्तै ती अधिकारीको यो बयान आएको हो ।

बिहीबार एक लिखित वक्तव्य जारी गर्दै अमेरिकाका बरिष्ठ संघीय तथा राज्य निर्वाचन अधिकारीले राष्ट्रपति ट्रम्पले गरेको धाँधलीको दावीलाई खण्डन गरेका हुन् । वक्तव्यमा उनले ‘नोभेम्बर ३ को निर्वाचन अमेरिकी इतिहासमै सबैभन्दा सुरक्षित’ भएको बताएका छन् । ट्रम्पले निर्वाचनमा प्रयोग हुने भोटिङ मेसन निर्माता कम्पनीले आफूलाई आएको २७ लाख भोट डिलिट गरिदिएको आधारहीन दावी गरेको केही घण्टामै निर्वाचन अधिकारीको यो वक्तव्य आएको हो । ट्रम्पले आफूलाई आएको केही भोट डिलिट गरिएको र केही आफ्नो भोट बाइडेनलाई आएको बनाइएको आधारहीन दावी गरेका थिए ।

‘कुनै पनि भोटिङ प्रणालीले भोट डिलिट गरेको वा परिवर्तन गरेको कुनै प्रमाण छैन’ संघीय निर्वाचन सुरक्षा निकाय साइबरसेक्युरिटी एण्ड इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सीको मातहत रहने सार्वजनिक निजी छाता समूह इलेक्सन इन्फ्रास्ट्रक्चर गभर्नमेन्ट कोअर्डिनेटिङ काउन्सिलले जारी गरेको वक्तव्यमा भनिएको छ ‘हाम्रो निर्वाचनका बारेमा धेरै अप्रमाणित दावी र गलत सूचनाहरु प्रवाहित भइरहेका बेला हामी यहाँहरुलाई विश्वास दिलाउन चाहन्छौं कि हाम्रो निर्वाचन सुरक्षाको विषयमा हामी विश्वस्त छौं र तपाइँहरुले पनि विश्वास गर्नुपर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.