जम्मु कश्मिरमा भारत–पाकिस्तान भिडन्त, सैनिक र सर्वसाधारण गरी कम्तीमा १९ को मृत्यु

डिसी नेपाल
२९ कार्तिक २०७७ ११:२३
4.5k
Shares

काठमाडौं। गएराती जम्मु कश्मिरमा भारत पाकिस्तान भिडन्तमा कम्तीमा १९ जना मारिएका छन् । भारततर्फ ६ जना सर्वसाधारण, ४ जना सैनिक जवान र एक जना बीएसएफ जवान मारिएको द हिन्दूले लेखेको छ । नियन्त्रणरेखामा सीजफायर उल्लंघनपछि भएको भिडन्तमा अन्य २० जनाभन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ ।

समाचारमा भारतीय सेनालाई उद्धृत गर्दै समाचारमा पाकिस्तानको तर्फबाट नियन्त्रण रेखाका विभिन्न ठाउँमा सिजफायर उल्लंघन भएको बताइएको छ । बन्दिपोराको दवार, कुपवाडाको केरन, बारामुडाको उरी र नौगाममा सिजफायर उल्लंघन भएको समाचारमा जनाइएको छ । भारतीय सेनाले पाकिस्तानी सेनाका बंकरहरु ठूलो संख्यामा नष्ट गरेको बताइएको छ ।

पाकिस्तानतर्फ २ जना कमाण्डरसहित ८ जना मारिएको बताइएको छ । ‘पाकिस्तानले मोर्टार र अन्य हतियार प्रयोग गरेको थियो । पाकिस्तानले नियतवश सर्वसाधारण बस्ने क्षेत्रलाई लक्ष्य बनाएको थियो । ३ जना भारतीय सैनिक मारिएका छन् र अन्य ३ जना घाइते भएका छन्’ श्रीनगरका सैनिक प्रवक्ता कर्णेल राजेश कालियाले द हिन्दूसँग भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *