बेलायतमा पेट्रोल र डिजेलबाट चल्ने गाडिमाथि प्रतिबन्ध लगाइने

डिसी नेपाल
३० कार्तिक २०७७ १५:२०
2.5k
Shares

काठमाडौं। बेलायतले पेट्रोल र डिजेलबाट चल्ने गाडिमा प्रतिबन्ध लगाउने भएको छ । वायु प्रदूषण कम गर्नको लागि बेलायतले यस्तो निर्णय गर्न लागेको हो । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अर्को हप्ता यो निर्णय गर्ने भएका छन् । फाइनान्सियल टाइम्सका अनुसार बेलायत सरकारले अर्को हप्ता २०३० देखि पेट्रोल र डिजेलबाट चल्ने गाडिहरुको बिक्रीमा प्रतिबन्धको निर्णयको घोषणा गर्ने तयारी गरेको छ ।

यसअघि बेलायत सरकारले २०३५ देखि पेट्रोल र डिजेलबाट चल्ने गाडीमा प्रतिबन्ध लगाउने योजना बनाएको थियो । तर, अब प्रधानमन्त्री जोनसनले यो योजनामा परिवर्तन गर्दै पहिले निर्धारित समयभन्दा ५ वर्ष अगाडि अर्थात २०३० देखि नै यसलाई लागू गर्ने योजना बनाएका छन् । सबैभन्दा पहिले बेलायतले २०४० देखि पेट्रोल र डिजेलबाट चल्ने गाडिमा प्रतिबन्ध लगाउने योजना बनाएको थियो जुन योजनालाई प्रधानमन्त्री जोनसनले गएको फेब्रुअरीमा परिवर्तन गरेर २०३५ मै प्रतिबन्ध लगाउने योजना बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.