उपत्यकामा १८८०४ सक्रिय संक्रमित, देशभर कहाँ कति? (तथ्यांकसहित)
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८०७ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या १८ हजार ८०४ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ ।
पछिल्लो २४ घण्टामा २७ सय ९८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २२१ पुगेको छ।
यस्तै हालसम्म १ हजार २१ जना क्वारेन्टिनमा रहेका छन् । कोरोनबाट निको हुने प्रतिशत ८२.७ रहेको छ।
यस्तो छ तथ्यांकः







प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment