आईसीसीले विश्व टेस्ट च्याम्पियनसिपको फाईनल टोली छनौट गर्ने सम्भावना

डिसी नेपाल
३० कार्तिक २०७७ २३:०३
176
Shares

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसीले) कोभिड–१९ को कारण प्रभावित भएको पहिलो विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) अन्तर्गत फाईनलमा स्थान बनाउने टोलीको छनौट गर्ने सम्भावना रहेको छ । आईसीसीका अनुसार टोलीले प्रतियोगितामा सहभागिता जनाउदा उसले पाएको अंकको प्रतिशतको आधारमा फाईनल टोलीहरु छनौट गर्ने सम्भावान रहेको छ । एक रिर्पोट अनुसार आईसीसी क्रिकेट समितिले पहिलेनै प्रतियोगिताको यो विकल्पको बारेमा बिचार गरि सकेको छ । तर यसको बारेमा अन्तिम निर्णय आईसीसी कार्य समिति यो हप्ता हुने बैठकमा हुनेछ ।

रिर्पोट अनुसार विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को फाईनलमा स्थान बनाउने टोलीको निर्णय उसले प्रतियोगितामा सहभागिता जनाउदा पाएको अंकको प्रतिशतको आधारमा हुन सक्छ । आईसीसीको यो बर्षको अन्तिम त्रैमासिक बैठक सोमवार देखी सुरु हुदैछ । रिर्पोटका अनुसार कोभिड–१९ महामारीका कारण रद्व गरिएका लिगचरणका खेलहरुलाई ड्र को संज्ञा दिदै अंक बाडने बिषयमा पनि छलफल गरिएको थियो तर यसलाई खारिज गरिएको छ । विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी)का अनुसार टेस्ट क्रिकेट वरियतामा रहेका शिर्ष ९ टोलीहरुले हरेक दुई बर्षमा ६ श्रंखलाहरु खेल्नु पर्नेछ र हरेका श्रंखलामा १२० अंकको लागि प्रतिस्पर्धा हुनेछ । शिर्ष २ मा पुग्ने टोलीले अघिल्लो बर्ष जुनमा लर्डसमा हुने फाईनलमा स्थान बनाउने छ । प्रतियोगितामा लिगचरणका चार श्रंखला खेलेको भारत ३६० अंकका साथ शिर्ष स्थानमा रहेको छ भने अष्ट्रेलिया २९६ अंकका साथ दोस्रो र ईङल्यान्ड २९२ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.