बङगलादेशका क्रिकेटरले गरे आत्महत्या

डिसी नेपाल
१ मंसिर २०७७ १६:३४
1.5k
Shares

काठमाडौं । बङगलादेशी क्रिकेटर मोहम्मद सोजिबको शव शनीवार उनको निवासमा भेटिएको छ । समाचारका अनुसार उनले आत्महत्या गरेका छन । २१ वर्षीया सोजिब बङलादेशको राजशाही शहरका निवासी थिए। उनी २०१८ को यू–१९ विश्वकपमा बङलादेश क्रिकेट टोलीका सदस्य थिए । यद्यपि उनले विश्वकपको कुनैपनि खेलमा खेल्ने अवसर पाएका थिएनन । यसअघि उनी यू–१९ एसिया कपको लागि पनि टोलीमा छनौट भएका थिए ।

सन २०१८ मा उनले शिनेपुकुरको लागि लिस्ट ए मा डेब्यु गरेका थिए । डेब्यु खेलमा उनले क्रमश ९, ० र एक रन बनाएका थिए । त्यसपछि उनले कुनैपनि प्रतियोगितामा खेल्ने मौका पाएका थिएनन । बङलादेश क्रिकेट बोर्डका डेभलोपमेन्ट म्यानेजर अबु ईनाम मोहम्मदले सोजिबको निधन प्रति दुखः व्यक्त गरेका छन । सोजिबलाई अगामी बगबन्धु कप टी–२० प्रतियोगितामा पनि स्थान दिईएको थिईएन । अबुका अनुसार सोजिबलाई बगबन्धु कप टी–२० प्रतियोगिताबाट टाढा राखेको कारण उनले यस्तो कठोर निर्णय लिएको बताईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.