१९ लाख डलर मूल्यको यो परेवा

डिसी नेपाल
१ मंसिर २०७७ २३:२५
204
Shares

बेल्जियम (एजेन्सी)। बेल्जियममा एक परेवा १९ लाख डरलमा विक्री भएको छ। परेवाको रेसमा च्याम्पियन रहको न्यू किम ना गरेको पोथी परेवाको लिलामी त्यसले १९ लाख अमेरिकी डलर मूल्य पाएको बीबीसीले जनाएको छ।

समाचार अनुसार यो रेस च्याम्पियन परेवाले पाएको सबैभन्दा ठूलो मूल्य हो। यसअघि १४ लाख डलरसम्म एक च्याम्पियन परेवा विक्री भएको थियो।

समाचार अनुसार चिनियाँ खरिदकर्ताले सो परेवा किनेका हुन्। दुईजना चिनियाँ खरिदारबीच प्रतिष्पर्धा हुँदा २३७ डलर आधार मूल्यको यो परेवाले १९ लाख डलर मूल्य पाएको हो। यो परेवाले २०१८ धेरै रेस प्रतियोगिता जितेको जनाइएको छ।

चीनमा परेवाको रेस निकै लोकप्रिय रहेको छ। यसअघि १४ लाख डलरमा भाले परेवा पनि चिनियाँ खरिदकर्ताले नै किनेका थिए। रेसबाट रिटायर भएपछि च्याम्पियन परेवाको लिलामी हुँदै आएको छ। रिटायर भएका परेवाले १० वर्षको उमेरसम्म चल्ला कोरल्नन सक्ने जनाइएको छ।

समाचार अनुसार चल्ला कोरल्न परेवा किनिएको हुन सक्छ। परेवाको लिलामी गर्ने कम्पनी पिपाका सीईओले परेवाले यो मूल्य पाउनु अचम्म भएको बताएका छन्। यो अविश्वनीय भएको उनले प्रतिक्रिया दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.