ट्रम्पले अफगानिस्तान र इराकबाट सैनिक फिर्ता बोलाउँदै

डिसी नेपाल
२ मंसिर २०७७ ९:२६
184
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकमा रहेका अमेरिकी सैनिकहरुमा अझै कटौती गर्ने भएका छन् । उनले यी दुई देशबाट थप सैनिक फिर्ता बोलाउने आदेश दिने तयारी गरेको अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले बताएका छन् । अमेरिकी सेनाले राष्ट्रपति ट्रम्पले थप सेना फिर्ता बोलाउने आदेश दिने अपेक्षा गरेको अधिकारीहरुले बताएका छन् ।

मध्य जनवरीमा अफगानिस्तानमा रहेका ५ हजार सैनिकलाई कटौती गरेर आधा सैनिक फिर्ता बोलाइनेछ । इराकमा रहेका ३ हजार सैनिकलाई पनि २ हजार ५ सयमा झारिनेछ । यसअघि राष्ट्रपति ट्रम्पले सबै सेनालाई क्रिसमससम्म घर फर्काउन चाहेको बताएका थिए । सैनिक फिर्ता बोलाउने काम जो बाइडेन राष्ट्रपति बन्नुभन्दा ठिक अघि १५ जनवरीसम्म पूरा हुने अमेरिकी मिडियाले जनाएका छन् । जनवरी २० सम्म ट्रम्प नै अमेरिकाका राष्ट्रपति हुनेछन् । उनले नोभेम्बर ३ मा भएको चुनाबमा जो बाइडेनसँग हारेको समेत स्वीकार गर्न मानिरहेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.