अल कायदाका प्रमुख जवाहिरीको मृत्यु, ओसामा बिन लादेनको मृत्युपछि प्रमुख भएका थिए
काठमाडौं। आतंकवादी घोषित गरिएको मुस्लिम अतिवादी समूह अल कायदाका संस्थापक तथा प्रमुख नेता अयमान अल जवाहिरीको मृत्यु भएको छ । उनी १९८८ मा ओसामा बिन लादेनसँगै अल कायदाको स्थापना गर्ने नेताहरुमध्येका एक थिए । २०११ मा अमेरिकी सेनाको कारवाहीमा ओसामा बिन लादेन मारिएपछि जवाहिरीले अल कायदाको नेतृत्व सम्हालेका थिए ।
Ayman Zawahiri, al-Qaeda leader & Osama bin Laden successor, died a month ago of natural causes in his domicile. The news is making the rounds in close circles.
– I realize the issue wt such claims but corroborated it wt sources close to AQ (Hurras al-Din)
— Hassan Hassan (@hxhassan) November 13, 2020
न्यूयोर्क टाइम्समा पत्रकार हसन हसनले ट्वीटरमार्फत जवाहिरीको एक महिनाअघि प्राकृतिक कारणले मृत्यु भएको खुलासा गरेका हुन् । पत्रकार हसनले हालै अल कायदा निकट स्रोतसँग यसबारे बुझेको र स्रोतले जवाहिरीको मृत्यु भएको पुष्टि गरेको अल अराबीको रिपोर्टमा जनाइएको छ । ‘ओसामा बिन लादेनपछि नेतृत्व लिएका अल कायदा नेता अयमान जवाहिरीको एक महिनाअघि प्राकृतिक कारणले उनको गोप्य निवासमा मृत्यु भएको छ । यो खबर उनका निकटस्थहरुमा संचार गरिएको छ’ पत्रकार हसनले ट्वीटरमा लेखेका छन् ।
जवाहिरीको मृत्यु भएको आधिकारिक पुष्टि भइसकेको छैन । तर, यदि उनको मृत्यु भइसकेको भए उनीपछि अल कायदाको प्रमुख को हुने भन्ने पनि निश्चित छैन । इजिप्टमा जन्मिएका जवाहिरी पाकिस्तानको अज्ञात क्षेत्रमा रहेको विश्वास गरिँदै आइएको थियो । उनले समुहका सदस्यहरुसँग अर्धनियमित भिडियो प्रवचनबाट कुराकानी गर्थे । पछिल्लो समय उनी सेप्टेम्बर ११ आक्रमणको वार्षिकीको खुसी मनाउन भिडियोमा देखिएका थिए ।







डिसी नेपाल








Facebook Comment