आज मंसिर ३ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
३ मंसिर २०७७ ६:४५
444
Shares

आज वि.सं.२०७७ साल मंसिर ३ गते, बुधबार । सन् २०२० नोभेम्बर १८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । चतुर्थी तिथि । चन्द्रमा धनु राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः२७ मिनेट,सूर्यास्त बेलुकी ५ः८ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) यात्राकाे सम्भावना रहेकाे छ। पढाइलेखाइमा अरूची हाेला। व्यापारमा घाटाकाे सम्भावना रहेकाे छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) गाेप्य शत्रु बढ्ने छन्। सरकारी निकाएको भय रहला । कार्यक्षेत्रमा आफूभन्दा माथिल्लाे दर्जाका व्यक्तिसँग मनमुटाव हाेला।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्रेम सम्बन्धमा सफलता मिल्ला। मान प्रतिष्ठा बढेर जाने याेग छ ।छाेटाे दुरीकाे लाभदायक यात्रा हाेला।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  अध्ययन अध्यापनमा मन जाने छ। प्रतिस्पर्धिमाथि विजय प्राप्तहाेला । व्यापार  भने मन्द नै चल्ने छ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  परिवारमा समय बेतित हुनेछ। प्रयासरत कार्यमा सफलता मिल्ला । कामकाे मुल्याङ्कन हुने छ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)  पढाइलेखाइमा मन जाने छैन। आफ्नाे भन्दा अरूकै कामकाे लागि समय व्यतित हुनेछ। खानपानमा ध्यान दिनु पर्ला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) मान सम्मान मिल्ने याेग रहेकाे छ। छाेटाे दुरीकाे रमाइलाे यात्रा हाेला। व्यापारमा फाइदा हाेला।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  खानपानमा ध्यान दिनुहाेला। स्वास्थ्य  समस्या आउन सक्ने याेग छ। कुटुम्बसँग मनमुटाब हुने छ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  राेकिएका काम बन्ने याेग छ। प्रेमसम्बन्ध प्रगाढ हुनेछ। व्यवसायीक याेग रहेकाे छ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  स्वास्थ्यमा समस्या आउला । प्रेममा धाेका पाइनेछ। मान सम्मान जाेगाउन गाह्राे पर्ला।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आम्दानीका नयाँ बाटाहरू हातलाग्ने छन्। पैत्रिक सम्पत्ति हात लाग्ला। शुभकार्य गर्ने याेग रहेकाे छ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  व्यवसाय बढ्दै जाने छ। नयाँ राेजगारी सिर्जना हाेला। प्राविधिक काममा सफल भइएला।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.