८३ वर्षका धर्मगुरु पोप फ्रन्सिसको के हो यस्तो पारा ?

डिसी नेपाल
३ मंसिर २०७७ ८:५३
8.6k
Shares

काठमाडौं। क्याथोलिक चर्चका प्रमुख धर्मगुरु ८३ वर्षका पोप फ्रन्सिसको बारेमा एक बिकिनी मोडलले निकै विवादित दावी गरेकी छिन् । उनले आफ्नो अत्यन्तै उत्तेजक फोटोमा पोप फ्रान्सिसको इन्स्टाग्राम अकाउण्टबाट लाइक गरिएको दावी गरेकी छिन् । उनले इन्स्टाग्राममा पोप फ्रान्सिसको अकाउण्टबाट आफ्नो फोटो लाइक गरिएको स्क्रिनसट समेत पोस्ट गरेकी छिन् ।

२७ वर्षकी ब्राजिलियन मोडल नतालिया गारिबोट्टोले आफ्नो फोटो लाइक गर्ने १ लाख ३३ हजारमध्ये एउटा पोप फ्रान्सिसको भेरिफाइड इन्स्टाग्राम अकाउण्ट समेत भएको दावी गरेकी छिन् । यद्यपि अहिले भने लाइक छैन । सम्भवतः अनलाइक गरिसकिएको छ । पोप फ्रान्सिसको इन्स्टाग्राम फ्रान्सिस आफैंले चलाउँछन् वा अरुले चलाउँछन् भन्ने प्रस्ट छैन तर यो लाइकको समाचार बाहिरिएपछि भने पोपको विषयमा निकै ट्रोलहरु गरिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.