पिताको गाडी चोरेर ११ वर्षकी गर्लफ्रेण्ड भगाएका बालक २ हजार किलोमिटर टाढा भेटिए
काठमाडौं। पिताको गाडी चोरेर ११ वर्षकी गर्लफ्रेण्डलाई लिएर भागेका १४ वर्षका बालक झण्डै २ हजार किलोमिटर टाडढा भेटिएका छन् । बालकले पिताको गाडी चोरेर आफैं गाडी चलाउँदै भागेका थिए । उनी हाइवेमा निकै तीब्र गतिमा कार चलाइरहेको पाइएका छन् । ११ वर्षकी गर्लफ्रेण्ड लिएर फरार भएको यो घटना अमेरिकाको न्यूयोकइको हो ।
उनलाई समाप्त पुलिस त्यतिबेला मात्र सफल भयो जब उनी घरबाट झण्डै २ हजार किलोमिटर टाढा पुगिसकेका थिए । १४ वर्षका यी बालकको नाम केभिन फिगुरोस हो । उनी न्यूयोर्कबाट गाडी लिएर भागेपछि गाडी चलाउँदै अयोवा राज्यमा पुगिसकेका थिए । पुलिसका अनुसार आइतबार उनलाई अयोवामा समातिएको हो । पुलिसले उनलाई आवश्यक प्रक्रिया पुर्याएर न्यूयोर्क फर्काउने बताएको छ ।
न्यूयोर्क पोस्टका अनुसार गएको बिहीबार परिवारले ती बालक हराएको सूचना पुलिसलाई दिएका थिए । ती बालकले आफ्ना पिताको टोयोटा मिनी भ्यान लिएर घरबाट भागेका थिए । पुलिसका अनुसार ती बालकलाई समात्ने बेला उनले १५० किलोमिटर प्रतिघण्टाको गतिमा कार चलाइरहेका थिए । जबकि त्यो सडकमा गाडी बढीमा ११० किलोमिटर प्रतिघण्टाको गतिसम्म मात्र चलाउन पाइन्छ । ती बालक घरबाट किन भागेका थिए भन्ने अझैसम्म प्रस्ट हुन सकेको छैन ।







डिसी नेपाल








Facebook Comment