पुनः मतगणना गराइएको जर्जियामा पनि हारे ट्रम्प, जो बाइडेनले ७४ सिट बढी जिते
काठमाडौं। जर्जियामा आफू पछि परेपछि अदालत गएर पुनः मतगणनाको निर्णय गराएका अमेरिकी राष्ट्रपति ट्रम्पले अन्ततः त्यो राज्य आधिकारिक रुपमै गुमाएका छन् । यससँगै जो बाइडेनले कूल ३०६ इलेक्टोरल भोट जितेका छन् । ट्रम्पले भने मात्रै २३२ इलेक्टोरल भोट जितेका छन् । यससँगै बाइडेनको जीतको अन्तर ७४ इलेक्टोरल भोट भएको छ ।
सेक्रेटरी अफ स्टेटको कार्यालयबाट जारी गरिएको वक्तव्यले जर्जियामा बाइडेनको जीत पुष्टि गरेको सीएनएनले जनाएको छ । जर्जियामा बाइडेनले ट्रम्पलाई १२ हजार २८४ मतले पराजित गरेको समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँको मतको पुनः गणना र जाँचले निर्वाचनमा कुनै धाँधली नभएको प्रमाणित गरेको पटक पटक बताउँदै आएका छन् । अब जर्जियाले शुक्रबारसम्ममा कानुनअनुसार निर्वाचन परिणामलाई प्रमाणीकरण गर्नेछ ।
‘जर्जियाको ऐतिहासिक राज्यस्तरीय अडिटले राज्यको नयाँ सुरक्षित कागजी मतपत्रमा मतदान प्रणालीले एकदमै सही रुपमा मत गणना गरेर परिणाम दिएको पुनः पुष्टि भएको छ’ जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेन्सपर्जरले एक वक्तव्यमा भनेका छन् । स्मरणीय छ उनी ट्रम्पको पार्टीका अर्थात रिपब्लिकन हुन् । जर्जिया यस्तो राज्य हो जहाँ रिपब्लिकनको वर्चश्व छ र यहाँ बाइडेनको जीतले सबैभन्दा धेरै चर्चा पाएको छ ।







डिसी नेपाल








Facebook Comment