भारतमा मोस्ट वान्टेड रहेका अपराधीलाई पाकिस्तानको अदालतले सुनायो १० वर्ष जेल सजाय
काठमाडौं। भारतमा मोस्ट वान्टेड रहेका अपराधी हाफिज सइदलाई पाकिस्तानको अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । पाकिस्तानको एन्टि टेरोरिज्म कोर्टले आतंकवादी संगठन जमात उल दावाका प्रमुख हाफिज सइदलाई अवैध फण्डिङको अभियोगमा १० वर्ष कैदको सजाय सुनाएको हो । पाकिस्तानी मिडियाले बिहीबार यो जानकारी दिएको हो । हाफिज सइदलाई गत वर्ष १७ जुलाइमा गिरफ्तार गरिएको थियो ।
हाफिज सइद भारतमा मोस्ट वान्टेड अपराधी हुन् । भारतले उनलाई मुम्बइमा भएको आतंकवादी आक्रामणको मुख्य आरोपी मान्छ । यो आक्रमणमा १६६ जनाको मृत्यु भएको थियो । हाफिज सइदको साथमा अन्य २ आरोपीहरु प्रोफेसर जफर इकबाल र याह्या मुजाहिदलाई २ अभियोगमा ५–५ वर्ष र अर्को एक अभियोगमा ६ महिनाको सजाय सुनाइएको छ । उनीहरुमाथि १ लाख १० हजार रुपैयाँ जरिवाना लगाइएको छ र सबैको चल अचल सम्पत्ति जफत गरिएको छ ।







डिसी नेपाल








Facebook Comment