बुढाहरु जवान बन्न थाले !

डिसी नेपाल
५ मंसिर २०७७ १२:३८
1.2k
Shares

काठमाडौं। वैज्ञानिकहरुले शुद्ध अक्सिजनको प्रयोगबाट मानिसको उमेर बढ्ने क्रमलाई उल्टो बनाउन सकिने दावी गरेका छन् । यो प्रयोगको क्रममा मानिसहरुलाई दबाबले भरिएको अक्सिजन चेम्बरमा राखिएको थियो । यो प्रयोगमा यस्तो प्रक्रियाबाट टेलोमेर्समा २० प्रतिशतभन्दा अधिक वृद्धि भएको देखियो । टेलोमेरले मानिसको शरीरको क्रोमोजोमलाई रक्षा गर्छ । यसका कारण मानिसमा एज रिभर्सल हुन्छ अर्थात मानिस बुढो हुने प्रक्रिया रोकिन्छ ।

इजरायलको तेल अभिभ विश्वविद्यालयले गरेको यो अनुसन्धानको शोधपत्र जर्नल एजिङमा प्रकाशित भएको छ । यो प्रक्रियामा ६४ वर्षका ३५ जना स्वस्थ व्यक्तिहरुले भाग लिएका थिए । यी सबैजना अक्सिजन प्रेसरबाट भरिएको चेम्बरमा बसेका थिए र उनीहरुले शतप्रतिशत शुद्ध अक्सिजनलाई मास्कको माध्यमले लिएका थिए । यो प्रक्रिया ९० मिनेटसम्म चलेको थियो । हप्तामा ५ दिन यो प्रक्रिया चलिरहन्थ्यो । यो पूरै अध्ययनको प्रक्रिया ३ महिनासम्म चल्यो ।

मानव शरीरमा टेलोमेर्स उमेर बढ्दै जाँदा प्राकृतिक रुपमै कम हुँदै जान्छन् । यस्तो हुँदै जाँदा क्यान्सर, अल्जाइमर र पार्किन्सन्स जस्ता रोगहरु लाग्छन् । तर, यो प्रयोगमा यी सहभागहिरुको शरीरमा टेलोमेर्सको मात्र यति बढ्यो कि त्यति टेलोमेर्सको मात्रा आम रुपमा निकै जवान युवाहरुमा हुन्छ । यो अध्ययनमा यो पनि पाइयो कि यो प्रयोगपछि शरीरका सेनेसेन्ट सेल्सको मात्रा ३७ प्रतिशत सम्म कम भर्एको थियो । यी सेल्सको कमीलाई पनि उमेर बढ्नुसँग जोडेर हेरिन्छ ।

तेल अभिभ हाइपरबेरिक मेडिसिन एण्ड रिसर्चमा काम गर्ने तथा यो अध्ययनका अनुसन्धानकर्ता डा. आमिर हेडानीले भने ‘अहिलेसम्म जीवनशैलीमा परिवर्तन र निकै कडा एक्सरसाइजबाट यो फाइदा देखिएको थियो तर शुद्ध अक्सिजनको यो प्रक्रियाबाट केवल ३ महिनाको थेरापीमा हामी टेलोमेरको लम्बाइलाई धेरै बढाउन सफल रह्यौं । यो निकै आश्चर्यजनक छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.