मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघ्यो

डिसी नेपाल
५ मंसिर २०७७ १९:३३
36
Shares

मेक्सिको सिटी । मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको यहाँका अधिकारीले जानकारी दिएका छन् ।

यहाँका स्वास्थ्य सम्बन्धी उपमन्त्री ह्युगो लोपेज गटेलले सो कुराको जानकारी गराएका छन् । उनले बिहीबार दिएको जानकारी अनुसार मेक्सिकोमा यो संक्रमणबाट ती नागरिकको ज्यान गएको छ ।

स्वास्थ्यसम्बन्धी उपमन्त्री लापेजले बिहीबार पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन्। उनले भने– मेक्सिकोमा कोरोना भाइरसबाट ज्यान जाने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ ।

उनका अनुसार मेक्सिकोमा कोरोना भाइरसको सङ्क्रमणबाट एक लाख १०४ जनाको ज्यान गएको छ । बिहीबारमात्र यहाँको सरकारले दिएको जानकारी अनुसार २४ घण्टायता मेक्सिकोमा ५७६ जनाको यस सङ्क्रमणबाट नै ज्यान गएको छ ।

यहाँ हरेक दिन करिब पाँच हजार जना सङ्क्रमित थपिने गरेका छन् । गएको २४ घन्टा यतामात्र पनि यहाँ चार हजार ४४५ जना सङ्क्रमित थपिएका थिए ।

यो समेत गरी मेक्सिकोमा सङ्क्रमितको सङ्ख्या १० लाख १९ हजार ५४३ जना पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । एएनआई




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.