पोप फ्रान्सिसको विवादमा इन्स्टाग्रामसँग स्पष्टीकरण मागियो

डिसी नेपाल
६ मंसिर २०७७ ८:५२
148
Shares

काठमाडौं। पोप फ्रन्सिसको आधिकारिक इन्स्टाग्रामबाट ब्राजिलियन मोडलको अर्धनग्न फोटो लाइक भएको विषयमा भ्याटिकनले इन्स्टाग्रमबाट स्पष्टीकरणको प्रतिक्षा गरिरहेको बताएको छ । पोपको भेरिफाइड इन्स्टाग्रामबाट कतिबेला नतालिया गारिबोट्टोको फोटो लाइक भयो भन्ने प्रस्ट छैन । तर, त्यो लाइक १३ नोभेम्बरमा पुनः अनलाइक नगरिँदासम्म देख्न सकिएको क्याथोलिक न्यूज एजेन्सीलाई उद्धृत गर्दै द गार्डियन जनाएको छ ।

गारिबोट्टोको व्यवस्थापन कम्पनी सीओवाइले यसको सबैभन्दा प्रचार गरेको थियो र शुक्रबार यसको स्क्रिनशट पनि पोस्ट गरेको थियो । कम्पनीले आफूले पोपको आधिकारिक आशिर्वाद पाएको पनि बताएको थियो । २.४ मिलियन इन्स्टाग्राम फलोअर भएकी गारिबोट्टोले पनि मजाकमा ‘म कम्तीमा स्वर्ग जाँदैछु’ भनेकी थिइन् । भ्याटिकनको प्रेस अफिसलाई उद्धृत गर्दै सीएनएले यो फोटो कसरी लाइक भयो भन्ने विषयमा जाँच भइरहेको बताएको छ । पोपको सामाजिक संजालको व्यवस्थापन एउटा टिमले गर्ने गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.