अमेरिकाको विस्कन्सिनमा सपिङ मलमा गोलीबारी, ८ जना घाइते

डिसी नेपाल
६ मंसिर २०७७ १०:००
448
Shares

काठमाडौं। अमेरिकाको विस्कन्सिनमा एक सपिङ मलमा भएको धन्धाधुन्ध गोलीबारीमा ८ जना घाइते भएका छन् । विस्कन्सिनको वाउवातोसामा रहेको मेफेयर मलमा शुक्रबार दिउँसो करिब ३ बजेतिर गोलीबारी भएको थियो । घाइतेहरु ७ जना वयस्क र १ जना किशोर भएको वाउवातोसा पुलिस प्रमुख बेरी वेबरलाई उद्धृत गर्दै एबीसी न्यूजले जनाएको छ ।

घाइतेहरुलाई अस्पताल लगिएको र उनीहरुलाई लागेको चोटको प्रकृतिबारे कुनै जानकारी नआएको समाचारमा जनाइएको छ । प्रत्यक्षदर्शीले करिब दर्जन गोली प्रहार भएको बताएका छन् । घटनास्थलमा सुरक्षाकर्मी पुग्दा बन्दूकधारी भने फरार भइसकेका थिए । वाउवातोसा पुलिसले एक ट्वीटमा यस घटनाबारे सक्रिय रुपमा अनुसन्धान भइरहेको बताएको छ । मल अहिले बन्द गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार बन्दूकधारी करिब २० देखि ३० वर्ष उमेरका श्वेत पुरुष थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.