महामारीले बन्द हुन लागेको रेष्टुरेण्टमा अन्तिम ग्राहकले बियर पिएर साढे ३ लाख टिप्स दिए
काठमाडौं। कोरोनाभाइरस महामारीका कारण बन्द हुन लागेको एउटा रेष्टुरेण्टमा बियर पिउनका लागि आएका अन्तिम ग्राहकले एउटा बियर पिएर साढे ३ लाख टिप्स दिएका छन् । समाचार एजेन्सी एपीका अनुसार अमेरिकाको ओहियो राज्यको क्लिभल्याण्डका रेष्टुरेण्ट मालिकले महामारीको बढ्दो प्रकोप देखेर आफ्नो रेष्टुरेण्ट बन्द गर्ने निर्णय गरेका थिए । उनको यो निर्णयबाट खुसी भएर उनको रेष्टुरेण्टमा बियर पिउन आएका अन्तिम ग्राहकले उनलाई ३ हजार डलर (३ लाख ५७ हजार नेपाली रुपैयाँ) टिप्स दिएका हुन् ।
घटना आइतबारको हो । बियरको लागि ग्राहकले ३ हजार डलर टिप्स दिएपछि रेष्टुरेण्ट मालिकले स्वेच्छाले रेष्टुरेण्ट बन्द गरेका छन् । क्लिभल्याण्डको नाइट टाउन नामको रेष्टुरेण्टका मालिक ब्रेन्डन रिंगले फेसबुकमा एक पोस्ट गर्दै यो घटनाको जानकारी दिएका छन् । रिंगका अनुसार त्यस दिन एक जना रेष्टुरेण्टमा आएर बियर अर्डर गरे । उनले एउटा बियर पिए र काउन्टरमा आएर बियरको मूल्य ७ डलर तिरे ।
बिल तिर्ने क्रममा उनले कोरोनाभाइरसका कारण रेष्टुरेण्ट अनिश्चितकालको लागि बन्द हुन लागेको थाहा पाए । त्यसपछि उनले रेष्टुरेण्टको लागि प्रार्थना गरे र रिंगसँग त्यतिबेला काम गरिरहेका ४ जना कर्मचारीसँग टिप्स बाँड्न भने । त्यसपछि उनी बाहिर निस्किए । उनी निस्किएपछि रिंगले काउन्टरको डेस्कमा हेर्दा थाहा पाए उनले त टिप्सको रुपमा ३ हजार डलर छोडेर गएका थिए ।
रेष्टुरेन्ट मालिक रिंले भने ‘त्यसपछि म उनको पछिपछि दौडिएँ, उनले परैबाट भने – तपाइँले रेष्टुरेन्ट फेरि खोल्दा हामीले केही गलत भएको देख्ने छैनौं ।’ रिंगले आफूले ती ग्राहकको नाम पोस्ट नगर्ने बताए किनकि उनलाई लाग्छ ती ग्राहकले यस्तो चाहने छैनन् । रिंगले उनी र उनको रेष्टुरेन्टमा कार्यरत कर्मचारीहरु यी अविश्वसनीय रुपले दयालु र महान व्यक्तिप्रति विनम्रतापूर्वक आभारी भएको बताए ।







डिसी नेपाल








Facebook Comment