समाजसेवाका लागि इतिहासमै धेरै सहयोग उठाउने पेट्रिकको निधन, २६ अर्ब उठाएका थिए
काठमाडौं। विश्वकै सबैभन्दा ठूलो सामाजिक संजाल अभियान चलाएर २६ अर्ब २० करोड रुपैयाँ जुटाउने पेट्रिक क्विनको ३७ वर्षको उमेरमा निधन भएको छ । पेट्रिक क्विनले २०१४ मा आइस बकेट च्यालेन्ज सुरु गरेका थिए । सामाजिक संजालमार्फत सुरु गरिएको यो अभियानबाट उनले एक दुर्लभ रोगबाट ग्रसित बिरामीहरुको उपचार र यो रोगसम्बन्धी अनुसन्धान गर्नको लागि २२० मिलियन डलर सहयोग उठाएका थिए । पेट्रिकको ३७ वर्षको उमेरमा आइतबार निधन भएको एएलएस फाउण्डेशनले जारी गरेको एक वक्तव्यलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

पेट्रिकले २०१४ मा सुरु गरेको आइस बकेट च्यालेन्जको उद्देश्य एम्योट्रोफिक लेटेरल स्क्लेरोसिस (एएलएस) नामको रोगबाट पीडित व्यक्तिहरुको उपचार गर्नु, यो रोगबारे अनुसन्धान गर्नु र यसबाट पीडिट बिरामीहरुको लागि औषधिको खोज र व्यवस्था गर्नु थियो । पेट्रिक आफू पनि यो दुर्लभ रोगबाट ग्रसित थिए । पेट्रिकलाई यो दुर्लभ रोग भएको ८ मार्च २०१३ मा थाहा भएको थियो । त्यसपछि उनले एएलएस एसोसिएसनसँग सम्पर्क गरेका थिए ।

एएलएस एसोसिएसन र पेट्रिक क्विनले मिलेर २०१४ मा आइस बकेट च्यालेन्ज सुरु गरेका थिए । सामाजिक संजालमा यो अभियान निकै लोकप्रिय भयो । यो अभियानबाट पेटिंक र एसोसिएसनले २२० मिलियन डलर धनराशी जम्मा गरेका थिए । यो रकमबाट अहिले यो रोगबाट पीडित बिरामीहरुको उपचार, रोगबार अनुसन्धान र यसको औषधिको खोजी कार्य भइरहेको छ । पेट्रिकको निधनको खबर एएलएस एसोसिएसनले ट्वीट गर्दै दिएपछि सामाजिक संजालमा उनको लागि श्रद्धाञ्जलीको बाढी आएको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्टेल एण्ड प्रिभेन्सनका अनुसार अमेरिकामा मात्र १२ देखि १५ हजार मानिसहरु यो दुर्लभ रोगबाट पीडित छन् । ५ देखि १० प्रतिशत एएलएसको समस्या वंशाणुगत रुपमा हुन्छ । यसको कुनै पनि औषधि वा उपचार विधि छैन । ३७ वर्षीय पेट्रिकको निधन अमेरिकाको एक अस्पतालमा भयो जहाँ उनको उपचार भइरहेको थियो । पेट्रिकले सुरु गरेको आइस बकेट च्यालेन्जलाई विश्वभरीका हस्तीहरुले साथ दिएका थिए । अर्बपति बिल गेट्स, अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्लु बुश, हलिउड सुपरस्टार चार्ली शीन, आइस हकी खेलाडी बल बेसन्नेट जस्ता चर्चित हस्तीहरु यो अभियानमा सहभागी भएका थिए ।







डिसी नेपाल








Facebook Comment