निर्वाचित भएको आधा महिनापछि चिनियाँ राष्ट्रपतिले दिए अमेरिकी राष्ट्रपतिलाई बधाई
बेइजिङ् (एजेन्सी)। चिनियाँ राष्ट्रपति सी चिनफिङले ढिलो गरी नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन्। यही नोभेम्बर ३ मा भएको मतदानको नतिजाले १० नोभेम्बरसम्म बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित निश्चित गरिसकेको थियो। तर, विश्वभरका अन्य देशका मुलुकका राष्ट्र प्रमुखले बाइडेनलाई बधाई दिए पनि चीनका राष्ट्रपतिले भने दिएका थिएनन्।
मंगलबार अमेरिकाको पेन्सिल्भेनिया र नभडा राज्यका गभर्नरले ती दुई राज्यमा बाइडेनले जितेको प्रमाणीकरण गरेको भोलिपल्ट बुधबार चिनियाँ राष्ट्रपतिले बाइडेनलाई बधाई दिएका हुन्। चुनाव नतिजा स्पष्ट नभएको भन्दै यसअघि चीनले बधाई दिएको थिएन।
तर, अब बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने पक्का भइसकेको छ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हार नस्वीकारेकाले पनि चीनले बधाई दिनमा ढिलाई गरेको हो। तर, अब भने ट्रम्प पनि विस्तारै आफ्नो हार स्वीकार गर्ने अवस्थामा पुगेका छन्।







डिसी नेपाल








Facebook Comment