भारतमा चिनियाँ एपमाथि प्रतिबन्ध थपिँदै, अलीबाबासहित थप ४३ गरी कूल २२० एप बन्द
काठमाडौं। भारतले चिनियाँ मोवाइल एपहरुलाई प्रतिबन्ध लगाउने क्रम बढाइरहेको छ । यही क्रममा पछिल्लो पटक भारतले थप ४३ एपमाथि प्रतिबन्ध लगाएको छ । यससँगै कूल २२० चिनियाँ एप भारतमा प्रतिबन्धित भएका छन् । पछिल्लो समय भारतले प्रतिबन्ध लगाएका ४३ एपको सूचीमा अलीएक्सप्रेस पनि छ । यो एप चर्चित अनलाइन प्लेटफर्म अलीबाबाको एप हो । बीबीसीका अनुसार भारतले यी प्रतिबन्ध लगाउनुको कारण साइबर सुरक्षा चिन्ता भनेको छ ।
दुई देशबीच सीमामा बढिरहेको तनाव कम गर्नका लागि लगातार वार्ता भइरहेका बेला भारतले उठाएको यो कदमलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भारत सरकारले यी एपहरु भारतको सार्वभौमसत्ता र एकतालाई आघात पुर्याउने क्रियाकलापमा संलग्न रहेको आरोप लगाएको छ । भारतस्थित चिनियाँ दूतावासका प्रवक्ताले भने भारतले लगातार सुरक्षा चिन्ताको कुरा गर्नु बहानाबाजी भएको बताउँदै आफूहरुले अझै पनि निष्पक्ष र भेदभावरहित व्यवसायिक वातावरणको अपेक्षा गरेको बताएका छन् । विज्ञहरुले पनि यो कदम जानकारी र सुरक्षा चिन्ता भन्दा पनि चीन सरकारप्रति लक्षित रहेको बताएका छन् ।
‘नयाँ दिल्लीले चीनसँग अलिकति पनि सम्बन्ध भएका एपलाई खोज्दै प्रतिबन्ध लगाउँदै जानु चीनप्रति एक किसिमको सन्देश दिन खोजेको जस्तो देखिएको छ’ प्रविधिसम्बन्धी लेखक प्रशान्त के रोयले बीबीसीसँग भने ‘धेरैजसो प्रतिबन्धहरु, अप्रासंगिक, साना र बेवास्ता गर्न योग्य प्रयोग भएका छन् । अघिल्लो प्रतिबन्ध टिकटक, वीच्याट र बैदूप्रति लक्षित थियो, अहिले अलीएक्सप्रेसप्रति लक्षित छ ।’ उनले चिनियाँ एपहरुमा यस किसिमका सुरक्षासम्बन्धी केही फिचरहरु वर्षौं पहिलेदेखि भए पनि जून २०२० भन्दा अगाडि तिनीहरुलाई प्रतिबन्ध नगरिनुलाई अर्थपूर्ण बताए ।







डिसी नेपाल








Facebook Comment