कोरोनाले पाइलटलाई बनाइदियो डेलीभरी ब्वाय, घरघरमा पुर्याउँछन् खानेकुराको पार्सल
काठमाडौं। कोरोनाभाइरस महामारीका कारण कैयौं मानिसहरुको जीवन निकै नराम्रोसँग प्रभावित भएको छ । विश्वभरीमा रोजगारी निकै कम भएका छन् । कैयौं क्षेत्रहरु निकै नराम्रोसँग प्रभावित भएका छन् । यसरी प्रभावित भएको मध्ये उड्डयन क्षेत्र प्रमुख हो । महिनौंदेखि विश्वका कैयौं क्षेत्रमा लकडाउन भएका कारण हवाइ उडानहरु अत्याधिक घटेका छन् । यसले उड्डयन क्षेत्रमा धेरै नोक्सानी भएको छ । महामारीले उडान नहुँदा रुसका एक पाइलटले डेलीभरी ब्वायको काम गर्न थालेका छन् । अहिले उनले खाना घरघरमा पुर्याउने काम गर्छन् ।

रुसका युवा पाइलट रोमनले आफ्नो पहिलेको र अहिलेको तस्वीर सामाजिक संजालमा पोस्ट गरेका छन् । रुसको सामाजिक संजालमा रोमनले आफ्नो पहिलेको र अहिलेको अवस्था देखाउँदै २ फोटो रुसको सामाजिक संजाल पिकाबुमा पोस्ट गरेका थिए जुन अत्यन्तै भाइरल भइरहेको छ । रोमनको एउटा फोटो २०१९ को हो र अर्को फोटो २०२० सालको हो । यी तस्वीरबाट रोमनले आफ्नो जीवन १ वर्षमा कसरी पूरै बदलियो भन्ने देखाउन खोजेका छन् । एक वर्ष पहिले रोमन पाइलट थिए । एक वर्षपछि अहिले उनी डेलीभरी ब्वायको काम गर्छन् र घरघरमा खानाको पार्सल पुर्याउँछन् ।

बोर्ड पाण्डासँग कुरा गर्दै रोमनले भने ‘म २३ वर्षको युवक हुँ र विगत ३ वर्षदेखि पाइलटको रुपमा काम गरिरहेको छु । महामारीका कारण उड्डयन क्षेत्रलाई निकै ठूलो नोक्सानी भएको छ । अघिल्लो वर्ष म एक महिनामा ९० देखि १०० घण्टा उडानमा हुन्थें तर यो वर्षै मैले पूरै वर्षभरीमा केवल १४० घण्टा मात्रै उडानमा बिताएको छु ।’ रोमनका अनुसार उनी अहिले पनि एयरलाइन्समा पाइलटको रुपमा काम गरिरहेका छन् तर विमान उडाउने काम भने छैन ।

रोमनका अनुसार अहिले उनी पाइलटको रुपमा कार्यरत भए पनि विमान उडाउने काम गर्नु परिरहेको छैन । औसतमा उनले एक महिनामा एक फ्लाइट मात्रै उडाउन पाउँछन् । यसको अर्थ उनी लगभग पूरै महिना खाली छन् । यही कारण उनले विमानका स्पेयर पार्ट पसलमा सेल्स एजेन्टको रुपमा काम गर्न थालेका छन् ।
सप्ताहान्तमा उनले खाना डेलीभरीको काम गर्छन् । उनले आफूलाई डेलीभरीको काम गर्नु पनि कुनै समस्या नभएको बताए । ‘एक हप्ता कम्प्युटर स्क्रिनअगाडि बिताएपछि तपाइँ बहर घुम्न पाउनुहुन्छ, मानिसहरु देखिन्छन् र खाना डेलीभरी गर्दै गर्दा तपाइँ मन पर्ने संगीत पनि सुन्न सक्नुहुन्छ । मलाई धेरै समस्या छैन’ उनले भने ।







डिसी नेपाल








Facebook Comment