अफगानिस्तानमा बन्दूकधारी समूहद्वारा गाडी नियन्त्रणमा लिई २८ यात्रुको अपहरण

डिसी नेपाल
११ मंसिर २०७७ १९:२७
136
Shares

काबुल । अफगानिस्तानको पश्चिमी वार्डाक प्रान्तमा बन्दूकधारी एक समूहले सडकमा गुडिरहेका गाडीलाई रोकी कम्तीमा २८ यात्रुलाई अपहरण गरेको छ ।

उक्त समूहले बुधबार काबुलकालाई छुटेका ती गाडीलाई जालरिज जिल्लाबाट नियन्त्रणमा लिई यात्रुहरूलाई अपहरण गरेको प्रान्तीय प्रहरी प्रवक्ता हाजी मोहम्मद अफियानीले बिहीबार सिन्ह्वालाई बताए ।

प्रहरीले अपहरणमा अफगानी तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएको छ भने तालिवान समूहबाट समाचार तयार पार्दासम्म यसबारे कुनै प्रतिक्रिया आइसकेकोे छैन ।

अफियानीका अनुसार प्रहरीले अपहरित व्यक्तिको खोजी गरी सुरक्षितरूपमा अपहरणमुक्त गर्न विभिन्न समूहलाई खटाइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.