‘इरानी परमाणु वैज्ञानिकलाई कुनै पनि मानिसले गोली हानेका थिएनन्’

डिसी नेपाल
१५ मंसिर २०७७ १६:३१
43.6k
Shares

काठमाडौं। इरानी परमाणु वैज्ञानिक मोहसिन फखरिजादेहलाई कुनै पनि मानिसले गोली नहानेको बरु उनलाई एक कारमा राखिएको रिमोटबाट नियन्त्रित मेसिन गनबाट गोली हानी मारिएको इरानको समाचार एजेन्सी फार्स न्यूज एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार त्यो मेसिनगन राखिएको कार नजिकै थियो तर त्यहाँ मानिस थिएनन् ।

रिपोर्टका अनुसार शुक्रबार फखरिजादेह शुक्रबार आफ्नी श्रीमतीसँग बुलेटप्रुफ कारमा यात्रा गरिरहेका थिए । उनको साथमा सुरक्षाकर्मीका अन्य ३ वटा गाडी थिए । त्यही बेला गोलीले कुनै गाडीलाई लागेको जस्तो आवाज आयो । आवाज सुनेपछि उनी के भएको हो भन्ने जान्नको लागि कारबाट बाहिर निस्किए । जब उनी बाहिर निस्किए त्यसपछि रिमोट नियन्त्रित मेसिनगनले गोली बर्सायो । एजेन्सीका अनुसार त्यो मेसिनगन निशान कारमा राखिएको थियो र त्यो कार फखरिजादेहको कारभन्दा करिब १५० मिटर टाढा रोकेर राखिएको थियो ।

फखरिजादेहलाई कम्तीमा तीन गोली लागेको रिपोर्टमा जनाइएको छ । उनका बडीगार्डलाई पनि गोली लागेको थियो । गोली बर्साएपछि निशान कार पड्कियो । रिपोर्टका अनुसार आक्रमण करिब ३ मिनेट चलेको थियो । इरानियन स्टेडेन्ट्स न्यूज एजेन्सीले पनि इरानी रक्षामन्त्री ब्रिगेडियर जनरल आमिर हतामीलाई उद्धृत गर्दै फखरिजादेहको कारमा गोली हानिएको र त्यसपछि विष्फोट भएर झनै गोली चलेको लेखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.