अमेरिकाको अदालतप्रति ट्रम्प आक्रामक, भने–‘हामी प्रमाण पेश गर्न खोज्छौं, अदालतले सुन्दैन’
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी परिणामको विषयमा अमेरिकाको अदालती प्रणालीमाथि नै आक्रमण गरेका छन् । ट्रम्पले सर्वोच्च अदालतले आफ्नो पक्ष सुन्न तयार नभएको आरोप लगाए । उनले फेरि पनि जोड दिएर चुनाबमा आफ्नो हार भएको कुरा स्वीकार नगर्ने बताए । चुनाबी नतिजापछि पहिलो अन्तरवार्ताको क्रममा ट्रम्पले फक्स न्यूजसँग यस्तो बताएका हुन् ।
ट्रम्पले भने ‘हामी प्रमाण पेश गर्ने प्रयास गरिरहेका छौं तर न्यायाधीशले अनुमति दिइरहेका छैनन् । हामीसँग कैयौं प्रमाण छन् । हामीलाई प्रमाण पेश गर्न दिइएको छैन । म यस सम्बन्धमा पनि मुद्दा दायर गर्छु । हामीसँग हजारौं एफिडेविट छन् ।’ ट्रम्पले चुनाबमा आफ्नो हार भएको कुनै हालतमा मान्न नसक्ने बताउँदै चुनाबमा धाँधली भएको कुरा दोहोर्याए ।
ट्रम्पले जो बाइडेनलाई पनि कुनै हालतमा राष्ट्रपतिको रुपमा स्वीकार नगर्ने बताए । ट्रम्पले भने ‘ठूलो मात्रामा भोटिङ फ्रडको उनको षड्यन्त्रलाई बिर्सन सक्दिन । तपाइँले मेरो राय बदल्न सक्नुहुन्न । ६ महिनामा मेरो दृष्टिकोण बदलिएको छेन । यो चुनाबमा धाँधली भएको छ । यो चुनाब पूर्ण रुपमा फर्जी थियो । यदि यस्तो हुँदैनथ्यो भने हामी सजिलै चुनाब जित्थ्यौं ।’







डिसी नेपाल








Facebook Comment