संयुक्त राष्ट्रसंघको ऐतिहासिक फैसला, गाँजालाई घातक लागूऔषधको सूचीबाट हटाइयो
काठमाडौं। संयुक्त राष्ट्रसंघले एक ऐतिहासिक मतदानमार्फत गाँजालाई घातक र लत बसाल्ने लागूऔषधको सूचीबाट हटाएको छ । संयुक्त राष्ट्रसंघको कन्भेन्सन अन नारकोटिक ड्रग्स (सीएनडी) को चौथो सम्मेलनले गाँजालाई यसअघि राखिएको घातक लागूऔषधको सूचीबाट हटाएको हो । यसअघि १९६१ मा भएको सम्मेलनले गाँजालाई हेरोइनसँगै घातक लागूऔषधको सूचीमा राखेको थियो । त्यसपछि ५९ वर्षसम्म गाँजा त्यही सूचीमा थियो ।
विश्व स्वास्थ्य संगठनले गाँजा र यसका सहायक पदार्थहरुको विषयमा पुनरावलोकनका लागि गरेका सिफारिसहरुमाथि मतदानको क्रममा सीएनडीका ५३ सदस्य राष्ट्रहरुमध्ये २७ ले गाँजालाई यो सूचीबाट हटाउने पक्षमा र २५ ले विपक्षमा मतदान गरेका थिए । एक सदस्य राष्ट्रका प्रतिनिधि अनुपस्थित थिए । ५९ वर्षसम्म कडाइका साथ नियन्त्रण गरिनुपर्ने लागूऔषधको सूचीमा राखिँदा गाँजाको स्वास्थ्य उपचारका लागि सम्भावित प्रयोगलाई पनि निरुत्साहित पारिएको थियो ।
Ambassador Khan @ambmansoorkhan, @CND_tweets Chair, opens the 63rd reconvened session – starting with the voting on @WHO scheduling recommendations on cannabis and cannabis-related substances @UNODC @UN_Vienna. Webcast: https://t.co/KMteoWuPpF pic.twitter.com/HOdQvhcZ8X
— CND (@CND_tweets) December 2, 2020
यो ऐतिहासिक निर्णयले यो वनस्पतिको औषधीय गुणका बारेमा थप अनुसन्धानको लागि बाटो खोल्ने, यसको औषधीय प्रयोगलाई कानुनी रुपमा मान्यता दिन विभिन्न देशहरुलाई उत्प्रेरित गर्ने तथा यसको पुनरुत्पादनका विषयमा कानुनमा पुनर्विचार गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । २०१९ को जनवरीमा विश्व स्वास्थ्य संगठनले गाँजाका विभिन्न स्वरुपहरुको मेडिकल प्रयोगको बाटो खोल्ने गरी यसलाई घातक ड्रग्सको सूचीमा राख्न नहुने सिफारिस गरेको थियो ।
सुरुवातमा यो मतदान गएको मार्चमै हुने तय थियो तर केही देशहरुले यस विषयमा निर्णय गर्न थप समय मागेकाले मतदान अहिलेसम्मको लागि सारिएको थियो । अहिले ५० भन्दा बढी देशहरुले गाँजाको मेडिकल प्रयोगलाई स्वीकार गरेका छन् । क्यानडा, उरुग्वेसहित अमेरिकाका १५ राज्यले गाँजाको पुनरुत्पादन गरी प्रयोग गर्न कानुनी मान्यता दिएका छन् । गाँजालाई कानुनी वैधता दिने दिशामा मेक्सिको र लक्जेम्बर्ग पनि अन्तिम अवस्थामा पुगेका छन् ।







डिसी नेपाल








Facebook Comment