अष्ट्रेलियाविरुद्धको पहिलो टी२० मा भारतले ब्याटिङ गर्दै, नटराजनको डेब्यू
काठमाडौं । अष्ट्रेलियाविरुद्धको पहिलो टी२० मा पाहुना टोली भारतले ब्याटिङ गरेको छ । क्यानबेरामा जारी खेलमा अष्टेलियाले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको हो।
आज भारतीय टोलीमा फास्ट बलर नटराजनले डेब्यू गरेका छन् । यसअघि भएको तेस्रो एकदिवसीयमा डेब्यू गरेका उनले आज टी२० मा पनि डेब्यू गरेका हुन् । उनले गत आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
अष्ट्रेलियामा भ्रमणमा रहेको भारतले यसअघि तीन एक दिवसीय खेलेको थियो । जसमा भारत पहिलो दुई खेलमा पराजित भएको थियो भने अन्तिम खेलमा जित हासिल गरेको थियो । यस्तै अब भारतले अष्ट्रेलियासँग तीन टी२० तथा ४ टेष्ट खेल्नेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment