सुनको मूल्य झिनो अन्तरले घट्यो

डिसी नेपाल
२१ मंसिर २०७७ १३:१०
360
Shares

काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य आइतबार २ सय रूपैयाँ घटेको छ। आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९२ हजार ७ सय रूपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

गत मंगलबारदेखि सुनको भाउ पुनः क्रमिक उकालो लाग्दै शुक्रबार प्रतितोला ९२ हजार ९ सय रूपैयाँ भएको थियो। उक्त मूल्य बिहीबारका तुलनामा तोलामा ३ सय रूपैयाँ बढेको थियो। कोभिडपछि भाउ बढ्ने क्रममा ब्रेक लागेर गत सोमबार पहिलोपटक ९० हजार रुपैयाँमा आइपुगे पनि मंगलबारबाट पुनः बढ्न थालेको थियो।

चाँदीको मूल्य भने आइतबार स्थिर छ। अघिल्लो दिनको भन्दा ५ रुपैयाँले बढेर शुक्रबार तोलाको १२ सय १० रुपैयाँ भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.