निकुन्जका जनावरले भेडाबाख्रा खाएपछि मुगुका किसान मारमा

डिसी नेपाल
२१ मंसिर २०७७ १७:३०
820
Shares

मुगु । रारा राष्टिय निकुन्जको मध्यवर्ती क्षेत्रमा रहेका बासिन्दालाई निकुन्जका जंगली जनावरहरुले दुःख दिनुका साथै बर्षेनी लाखौको धनमाल नष्ट गरिदिने गरेका छन ।

जंगली जनावरहरुले कहिले पाकेको बाली खाईदिने र कहिले फलफुल खानुका साथै बिरुवा नै उखेलीदिने गर्दै आएका छन् । मध्यवर्तीका स्थानिय निकुन्ज तथा मध्यवर्ती वन क्षेत्रमा घास दाउरामा आउँदा जाँदा स्थानियहरु वन्यजन्तुको आक्रमण र शिकारमा पर्दैआएका छन् ।

यहाँका स्थानियहरुले पाल्दै आएका घरपालुवा जनावर तथा मौरी घारको मह समेत जंगली जनावरले खाइदिनाले कृषकहरुको बर्षौँदेखिको मेहनत क्षणभरमै बालुवामा पानी सरह हुँदै आएको छ ।

रारा राष्ट्रिय निकुन्ज अन्तर्गत रहेका मध्यवर्ती क्षेत्रका बासिन्दाले सँधै सास्ति भोग्दै आएको तर सरकारले यस तर्फ ध्यान नदिएको स्थानियहरुले गुनासो रहेको छ।

सँधैझै यस बर्ष पनि यहाँका स्थानियहरुले जंगली जनावरबाट क्षेती भोग्नु परेको छ । शुक्रबार राती छायाँनाथ रारा नगरपालिका वडा नं ८ झ्यारी गाँउका भेडा पालक रमेश रावलका ८ वटा भेडालाई खर्क रहेको स्थान चुल्ठिमा हिमाली भालु पसेर मारेको छ भने भेडा हेर्ने कुकुर बेपत्ता भएको छ ।

सोहि वडाका भेडा पालक पदम रावलका २४ र घुघुरे कामीका ५ गरि २९ भेडालाई पनि खोरमै पसेर गत ४ गते भालुले मारेको र गतबर्ष पनि भालुले गाँउलेका १५ भेडा बाख्रा मारेको वडा अध्यक्ष कर्ण बहादुर रावलले बताए ।

विगत बर्षहरुमा रारा राष्टिय निकुन्जले पिडित कृषकहरुलाई क्षतीपुर्ती दिने गरेपनि यो वर्ष नदिने भनेकाले आफुहरु बर्बादै भएको कृषक पदम रावलले बताए।

निकुन्जले आफनो नियमअनुसार जे गरेपनि आफुहरुले पिडित कृषकहरुको क्षतीपुर्तीका लागि वडाबाट सिफारिस गरेर निकुन्जलाई क्षतीपुर्ती उपलब्धका लागी अनुरोध गर्ने वडा अध्यक्ष रावलले बताए ।

१३२ घरधुरी रहेको गाँउका अधिकांश स्थानियहरुको प्रमुख आयस्रोत नै भेडापालन भएपनि बेला बेलामा निकुन्जबाट जंगली जनावरहरु आएर भेडाबाख्रा खाईदिने र मारिदिने गर्न थालेपछि स्थानियहरुको रोजीरोटीमा प्रभाव परेकाले कृषकहरु यो व्यवसायबाट हात झिक्नु पर्ने अवस्थामा छन् ।

झयारी गाँउ मात्र होईन जंगली जनावरहरुबाट मध्यवती बस्तिहरु मुर्मा, माथीतुम, ताल्च, टोपला, पिना, कार्कीवाडा, तलितुम, बुलबुलेका जनताहरुले समेत बर्षेनी सास्ति र क्षेती भोग्दै आएका छन् ।

नेपाल सरकारले जारी गरेको वन्तजन्तुबाट हुने क्षती सम्वन्धी राहत निर्देशिकामा १३,१४ वटा वन्यजन्तुले कुनैले अन्न बाली, कुनैले घरपालुवा जनावर र कुनैले मान्छेलाई र्हिकाएमा, नष्ट गरेमा, तहस नहस पारेमा क्षतीपुर्ती दिने व्यवस्था गरेको छ ।

भालुले मान्छेलाई हिर्काएमा क्षतीपुर्ती दिने व्यवस्था गरेपनि भालुले घरपालुवा जनावर मारेपनि,अन्नवाली खाएपनि क्षतीपुर्ती दिने प्रावधान नराखेकाले आफुहरुले भालुले क्षती पुराएको घरपालुवा जनावर र अन्नवालीको क्षतीपुर्ती दिन नसक्ने रारा राष्टिय निकुन्जका संरक्षण अधिकृत बद्री विनोद दाहाल बताउँछन्।

नेपाल सरकारको बुझाईमा भालुले मान्छेलाई मात्र हिर्काउछ,घरपालुवा जनावर र अन्नवालीलाई क्षेती पुराउदैन भन्नेछ तर भालुले गोठ,खोरमा घुसेर घरपालुवा जनावर बोकेर लिने मार्ने र खाने गर्नुका साथै कृषकहरुले खेतगरामा लगाएको मकै,फलफुल खाईदिने गर्छ त्यसैले नेपाल सरकारलाई सबैले भालुबाट मानवियका साथै पशुजन्य र वालीजन्यको पनि क्षेती हुन्छ भन्ने बझाएर उक्त निर्देशिकामा भालुबाट हुने पशुजन्य र अन्नवाली,फलफुलजन्य क्षेतीमा पनि राहत दिने प्रावधान राख्न लगाउनु पर्ने संरक्षण अधिकृत दाहाल भन्छन् ।

उनले भने ‘निर्देशिकाले क्षेतीपुर्ती दिने व्यवस्था नगरेपनि विगतमा आफुहरुले मध्यवती क्षेत्र विकास समितीको निर्णय गरेर समिती कै कोषबाट पिडित स्थानियलाई सामान्य राहत उपलब्ध गराउदै आएको र यो पटकको घटनाका पिडितलाई पनि समितीको निर्णय गरेर सामान्य राहत दिनेछौ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.