न्युजिल्याण्डविरुद्धको टी२० सिरिजका लागि पाकिस्तान टिमको घोषणा
काठमाडौं । न्युजिल्याण्डविरुद्धको टी२० सिरिजका लागि पाकिस्तानले टिमको घोषणा गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले आइतबार सिरिजका लागि १८ सदस्सीय टिमको घोषणा गरेको हो ।
पाकिस्तानले घोषणा गरेको टिमको कप्तानमा बाबर आजम र उपकप्तानमा शादब खान रहेका छन् । यस्तै टिममा सरफराज अहमेदले पुनरागमन गरेका छन् । उनी जिम्बावेविरुद्ध खेलेको टिममा थिएनन् ।
पाकिस्तानले न्युजिल्याण्डसँग ३ खेलको टी२० सिरिज खेल्नेछ । टी२० पछि पाकिस्तानले दुई खेलको टेस्ट सिरिज खेल्नेछ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment