सेयर बजारमा पुनः उछाल, ७२ दशमलव २८ अंकले बढ्यो नेप्से परिसुचक

डिसी नेपाल
२२ मंसिर २०७७ १६:०८
100
Shares

काठमाडौँ। साताको दोस्रो दिन सोमबार सेयरबजारमा हरियाली छाएको छ। आइतबारको तुलनामा बजार ७२ दशमलव २८ अंकले बढेर २००४ दशमलव ३९ बिन्दुमा पुगेर बन्द भएको छ। केही समयदेखि निरन्तर उकालो लागेको सेयर आइतबार एकाएक नकारात्मक सर्किट लागेर सवा १ घण्टा अगाडिनै बजार बन्द भएको थियो।

आइतबार १२३ दशमलव ३४ अंकले घटेको थियो। सोमबार २०६ कम्पनीको १ करोड १९ लाख २० हजार कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ६६ करोड ७९ लाखमाथीको कारोबार भएको छ।

आज १२ वटै समूहमा हरियाली छायो। सबैभन्दा बढि कारोबार नेपल पूनर्बीमा कम्पनीको हुँदा एभेरेष्ट इन्सोरेन्सको प्रमोटर कम्पनीका लगनीकर्ताले सबैभन्दा धेरै गुमाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.