५ दिनसम्म चल्यो उत्तेजक पार्टी, ३ सय सहभागी, ठूलो संख्यामा सहभागीहरु कोरोना संक्रमित

डिसी नेपाल
२३ मंसिर २०७७ १२:२९
12.3k
Shares

काठमाडौं। अमेरिकाको न्यू ओरलिएन्समा भएको एक सेक्स पार्टीपछि त्यहाँ सहभागी ४१ जना कोरोनाभाइरस संक्रमित पाइएका छन् । नोभेम्बर महिनामा ‘नटी इन नलिन्स’ नामको यो कार्यक्रममा करिब ३ सय जना जम्मा भएका थिए । यो इभेन्टका सीइओ तथा संस्थापक बब हेनफोर्डले आफ्नो ब्लगमा आफूहरुले कोरोनाभाइरसबाट सुरक्षाको लागि राम्रो व्यवस्था गरेको भए पनि ती तयारी अपर्याप्त भएको बताएका छन् । इभेन्ट सकिएलगत्ते उनलाई मानिसहरु संक्रमित भएको भन्दै लगातार म्यासेज आइरहेको उनले बताएका छन् ।

द गार्डियनका अनुसार बबले यो कुरालाई लिएर दुःख व्यक्त गरेका छन् । उनका एक खास मित्र पनि संक्रमित पाइएका छन् र उनको हालत गम्भीर भएको उनले बताएका छन् । बबका अनुसार यदि उनीसँग भूतकालमा फिर्ता गएर आफ्नो फैसला बदल्ने शक्ति भएको भए उनी यो इभेन्टको आयोजना नै गर्दैनथे । बबले आफ्नो ब्लगमा लेखेका छन् ‘यदि मलाई थाहा हुनथ्यो कि यस्तो हुन सक्छ, म यो इभेन्ट आयोजना नै गर्दिनथें । मलाई यो कुराले लगातार सताइरहेको छ र यसले तबसम्म सताइरहनेछ जबसम्म सबै कुरा पूर्ण रुपमा ठिक हुँदैन ।’

बबका अनुसार सबै सहभागी आउनुभन्दा पहिले कोरोना परीक्षण गरिएको थियो । यो इभेन्टका क्रममा सामाजिक दूरीको पालना गरिएको थियो । मानिसहरुले लगातार मास्क लगाइरहेका थिए । खाने र पिउने समयमा मात्र मास्क खोल्न अनुमति थियो । सेनिटाइजेसनको व्यवस्था थियो । यसका अलावा जो हालै कोरोना नेगेटिभ थिए उनीहरुले नाडीमा एउटा ब्याण्ड बाँधेका थिए । जसको शरीरमा एन्टिबडी थिए उनीहरुले अर्को हातमा ब्याण्ड बाँधेका थिए । शहरको कोरोना गाइडलाइनका अनुसार डान्स फ्लोरको पनि व्यवस्था गरिएको थिएन ।

बबका अनुसार केही व्यक्तिहरु पोजेटिभ पाइएपछि आयोजकले सहभागीहरुसँग विभिन्न प्रश्न सोधेका थिए ताकि सबैभन्दा जोखिमपूर्ण क्षेत्रको बारेमा थाहा पाउन सकियोस् । सहभागीहरुका अनुसार उनीहरु सुरुका २ दिन निकै सजग थिए र सबैले गाइडलाइनको पालना गरिरहेका थिए । तर, ५ दिनको यो इभेन्टमा तेस्रो दिनपछि लापरवाही बढ्न थाल्यो र अन्तिम दिनसम्म त मानिसहरु निष्फिकी भए । सम्भवतः यसैको कारण कोरोना फैलियो ।

रिपोर्टअनुसार अघिल्लो वर्षको तुलनामा यो इभेन्ट यो वर्ष निकै सानो थियो तैपनि निकै घातक सावित भयो । अघिल्लो वर्ष २०१९ मा यो इभेन्टमा २ हजार जना सहभागी भएका थिए । यस पटक भने केवल ३ सय जना यो इभेन्टमा सहभागी भएका थिए । यद्यपि बबले दुःख जनाउँदा जनाउँदै पनि नटी इन नलिन्स २०२१ इभेन्टको लागि तयारी सुरु भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.