चीन–भारत–भुटानको त्रिदेशीय सीमामा नयाँ गाउँले पुरानो विवाद सम्झाउँदै

डिसी नेपाल
२३ मंसिर २०७७ १३:२३
304
Shares

काठमाडौं। ३ वर्षअघि भारत र चीनका सेनाबीच झडप भएको डोकलाम नजिकै चीनले नयाँ गाउँ बसाउन लागेको स्याटेलाइट तस्वीरमा देखिएको छ । यो क्षेत्र चीनको भारतसँग मात्र नभए भुटानसँग पनि सीमा जोडिएको क्षेत्र हो । भारतीय मिडिया तथा अमेरिकी र अस्ट्रेलियन थिंक ट्यांकले समेत पांगडामा तोर्सा नदीको पश्चिमी किनारामा चीनले बनाउँदै गरेको यो गाउँ अढाइ किलोमिटर भुटानी सीमाभित्र रहेको दावी गरेका छन् ।

यो निर्माण भुटानी सीमाभित्र भएको दावी गरिए पनि यसले भुटानभन्दा धेरै भारतको टाउको दुखाएको छ । तीन वर्षअघि झडप भएको डोकलाम क्षेत्रबाट मात्रै ९ किलोमिटर टाढाको क्षेत्रमा चीनले यो निर्माण गर्न लागेपछि यसले भारतको चिन्ता बढाएको छ । २०१७ मा यहाँ भारतीय र चिनियाँ सेनाबीच ७२ दिनसम्म तनाव भएको थियो । साउथ चाइना मर्निङ पोस्टका अनुसार यो क्षेत्रमा चिनियाँ पकड बलियो हुँदा यसले चिनियाँ सेनाको सिलगुडी करिडोरसम्म सहज पहुँच हुनेछ । चिकेन नेक भनेर चिनिने यो क्षेत्र रणनैतिक हिसाबले संवेदनशील भएका कारण भारत चिन्तित छ ।

यहाँ भारतीय भूभाग ५० किलोमिटर मात्रै फराकिलो छ । यहाँ यादोङबाट चीनले आफ्नो पकट बलियो बनाएमा भारतले युद्धको स्थितिमा आफ्नो उत्तर पश्चिमी क्षेत्रबाट पकड गुमाउने खतरा हुनेछ । भारतीय सेनाका अवकाशप्राप्त एक उच्च अधिकारीका अनुसार यहाँ चीनको द्रुत निर्माण सिलिगुडी करिडोरको लागि ठूलो खतरा हुनेछ । अधिकारीहरुका अनुसार भारतले यस क्षेत्रमा चिनियाँ गतिविधिहरु भारतले नियालिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.