प्रेमिकाले छोडेपछि ४ करोडको घर कौडीमा बेचेर लुटेरा बने, ५० भन्दा धेरै युवतीलाई लुटे

डिसी नेपाल
२४ मंसिर २०७७ १२:१०
8.1k
Shares

काठमाडौं। प्रेमिकाले बिहे गर्न नमानेपछि लुटेरा बनेर युवतीहरुलाई लुट्ने एक व्यक्ति पक्राउ परेका छन् । ती युवकले प्रेमिकाले बिहे गर्न अस्वीकार गर्दाको रिस पोख्न अरु युवतीहरुलाई निशाना बनाउन थालेका थिए । प्रेमिकाले बिहे गर्न अस्वीकार गरेपछि उनले आफ्नो अढाइ करोड भारु (४ करोड नेपाली रुपैयाँ) मूल्य पर्ने घर मात्रै १४ लाख भारुमा बेचिदिएर लुटेरा बनेका थिए । भारतको छत्तीसगढ राज्यको दुर्ग जिल्ला पुलिसले उनलाई पक्राउ गरेको हो ।

मूल रुपले रायपुरको देवेन्द्र नगर निवासी अभिषेक जोशीले एक वर्षभित्रै ५० भन्दा धेरै युवतीलाई लुटेका थिए । पुलिसले उनलाई राजधानी रायपुरको एक होटलबाट पक्राउ गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । पुलिसले २ महिनादेखि उनलाई खोजिरहेको थियो । कुनै स्थायी बास नभएका कारण उनलाई खोज्न कठिनाइ भइरहेको थियो । पक्राउ परेपछि उनले बताएको आधारमा पुलिसले १ दर्जन मोवाइल फोन बरामद गरेको छ । उनले १७ लुटपाटका घटनाबारे पुलिसलाई बताइसकेका छन् ।

प्रेमिकाले बिहे गर्न नमानेपछि उनले अढाइ करोडको बंगला १४ लाखमा बेचेका थिए । त्यसपछि उनी लुटेरा बनेर प्रेमिकाको रिस पोख्न युवतीहरुलाई लुट्न थालेका थिए । पुलिसका अनुसार उनले गएको अक्टोबर महिनामा मात्र सुपेला, भिलाइ नगर सहित अन्य क्षेत्रमा लुटपाट गरेका थिए । ती घटनाको सीसीटिभी फुटेज भेटिएको थियो । फुटेजबाट उनको पहिचान भएको थियो । उनको पहिचान भएसँगै पुलिसले उनको फोटो लिएरै उनको खोजी सुरु गरेको थियो ।

पुलिसलाई पछिल्लो पटक उनी एक होटलमा बसेको जानकारी प्राप्त भएपछि पुलिसकर्मीले होटलको स्टाफ बनेर कोठामा गएर सोधपुछ गरेका थिए । यही क्रममा आरोपी बसेको कोठाबाटै उनलाई पक्राउ गरिएको हो । पुलिसका अनुसार उनी साथमा मोवाइल राख्थे तर अफ राख्थे । सोधपुछमा उनले बताएअनुसार उनका पिता बैंकमा काम गर्थे । उनी मातापिताको एक्लो सन्तान थिए । उनले बीसीएको पढाइ पूरा गरेका थिए ।

कलेजमा पढ्ने क्रममा उनको एक युवतीसँग प्रेम भएको थियो । दुवै बिहे गर्न चाहन्थे । तर, यही बीचमा युवकका मातापिता दुवैको पालैपालो मृत्यु भयो । प्रेमिकाले पनि उनीसँग बिहे गर्न अस्वीकार गरिन् । प्रेमिकाले उनका परिवारले भनेअनुसार भोपालमा अर्कैसँग बिहे गरिन् । त्यसपछि उनले करिब ८ वर्ष पहिले अपराधका काम गर्न सुरु गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.