पार्थिव पटेलद्वारा क्रिकेटको सम्पूर्ण फरम्याटबाट सन्यासको घोषणा

डिसी नेपाल
२४ मंसिर २०७७ १३:०६
152
Shares

काठमाडौं । भारतीय विकेटकिपर तथा ब्याटसम्यान पार्थिव पटेलले बुधवार क्रिकेटको सबै फरम्याटबाट सन्यास लिएका छन । उनले ट्विटरको माध्यमबाट आफुले क्रिकेटको सम्पूर्ण फरम्याटबाट सन्यास लिएको जनाएका छन । उनले भारतका लागि २५ टेस्ट, ३८ एकदिवसीय र २ टि–२० अन्तराष्ट्रिय खेल खेलेका छन । घरेलु क्रिकेटमा उनले गुजरातका लागि १९४ खेल खेलेका छन ।

पार्थिवले आफ्नो करियरको अन्तिम टेस्ट २०१८ मा साउथ अफ्रिका बिरुद्व जोहानिसबर्गमा खेलेका थिए । उनले सन २००२ मा १७ बर्षको उमेरमा ईङल्यान्ड बिरुद्वको टेस्टमा भारतको लागि डेब्यु गरेका थिए । पार्थिवको नाममा भारतको सबैभन्दा कम उमेरमा विकेटकिपर तथा ब्याटसम्यानको रुपमा डेब्यु गर्ने खेलाडीको किर्तिमान रहेको छ । उनले खेलेको २५ टेस्ट खेलमा ३१.१३ को औसतमा ६ अर्धसतक सहित ९३४ रन बनाएका छन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.