दम्पतीले लट्रीमा १८ अर्ब जिते, आधाभन्दा धेरै गरिबलाई बाँडे, आफूलाई सेकेण्ड ह्याण्ड कार किने

डिसी नेपाल
२४ मंसिर २०७७ १३:५१
2.7k
Shares

काठमाडौं। लट्रीमा बेलायती इतिहासकै ठूलो रकम ११५ मिलियन पाउण्ड (१८ अर्ब नेपाली रुपैयाँ) जितेका दम्पतीले आधाभन्दा धेरै रकम गरिबहरुलाई बाँडेर सकेका छन् । उनीहरुले करिब ६० मिलियन पाउण्ड गरिबहरुलाई सहयोग गरेर सकेको बताएका छन् । पूर्वशिक्षिका फ्रान्सिस कोनोली र उनका पति पेट्रिकले ६० मिलियन रकम गरिबहरुलाई सहयोग गरेर सकेको बेलायती अखबार द सनसँगको कुराकानीका क्रममा बताए ।

सुरुमा यति ठूलो रकम जितेपछि आफ्ना ५० नजिकका साथी र आफन्तलाई सहयोग गर्ने निर्णय गरेका यी दम्पतीले अहिलेसम्म १७५ परिवारलाई खुसी दिइसकेका छन् । उनीहरुले सहयोग गरेकामध्ये कैयौंले घर किन्न सके भने अन्यले ऋण तिर्न सके । जनवरी २०१९ मा उनीहरुले जितेको रकम त्यो लट्रीमा विगत २५ वर्षयताको चौथो ठूलो रकम थियो । फ्रान्सिसले द सनसँग भनिन् ‘हामीले ११४९६९७७५.७० पाउण्ड जितेका थियौं र त्यसको आधाभन्दा धेरै सहयोग गरेर सक्यौं ।’

यो दम्पतीले यति धेरै रकम सहयोग गरेर सके तर आफ्नो लागि भने सेकेण्ड ह्याण्ड कार किने । उनीहरुका छोरीहरुले पनि सेकेण्ड ह्याण्ड कार नै प्रयोग गर्छन् । फ्रान्सिसका अनुसार उनलाई धेरै खुसी यो कुराले हुन्छ कि उनले जसलाई सहयोग गरेकी थिइन् ती सहयोग पाउनेहरुले पनि फेरि अरु दुःख पाएकाहरुलाई सहयोग गरे । ५४ वर्षकी फ्रान्सिसका अनुसार उनलाई गहना किनेर भन्दा धेरै खुसी अरुको मुहारमा खुसी देखेर भयो । गत वर्ष पेट्रिकले फ्रान्सिसको लागि सेकेण्ड ह्याड जगुआर कार किनिदिएका थिए । यो कारको मूल्य २ हजार पाउण्ड थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.