भारतमा किसान आन्दोलन थप चर्कियो, सरकारसँगको वार्ता असफल

डिसी नेपाल
२४ मंसिर २०७७ २३:०४
84
Shares

नयाँ दिल्ली (एजेन्सी)। सरकारसँगको वार्ता असफल भएपछि भारतमा किसान आन्दोलन थ िचर्किएको छ। पाँच चरणको वार्तापछि बुधबार सरकारले सहमतिको प्रस्ताव किसान आन्दोलनकारीसँग राखेको थियो।

तर केन्द्र सरकारले ल्याएका तीनवटै कृषि कानून फिर्ता हुनुपर्ने माग राखी आन्दोलन गरिरहेका किसानले सरकारले कानून संशोधन गर्ने राखेको प्रस्तावलाई अस्वीकार गर्दै आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन्।

विगत १४ दिनदेखि राजधानी दिल्लीको सीमामा डटिरहेका किसानहरुले रिलायन्सका उत्पादन बहिस्कार गर्नेदेखि देशभर प्रदर्शन गर्ने र चक्का जाम गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भाजपा नेता नरेन्द्र मोदीको सरकारले अन्नको न्यूनतम समर्थन मूल्य लागू नगर्नेदेखि सरकारी मण्डिलाई अनिवार्य नगरिने व्यवस्थासहितको कानून ल्याएपछि भारतभरका किसानहरुले विगत दुई महिना यता आन्दोलन गरिरहेका छन्।

तर, सबैभन्दा चर्को आन्दोलन विगत १४ दिनदेखि जारी छ। भारतको पञ्जाव र हरियणाका किसानहरु दिल्ली केन्द्रित आन्दोलनमा जुटेपछि सरकारले उनीहरुलाई दिल्ली प्रवेशमा रोक लगाएको छ। उनीहरु दिल्लीको सीमामा विगत १४ दिनदेखि आन्दोलन गरिरहेका छन्। सरकारले कानून फिर्ता नलिएसम्म आन्दोलन जारी रहने बताएका छन्।

पाँच चरणको वार्ता हुँदा वार्तामा बसेका किसान आन्दोलनकारीका प्रतिनिधिहरुले सरकारी खाजासमेत बहिस्कार गर्दै आफैले बोकेर ल्याएको खाजा भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.