लकडाउनको बेला श्रीमतीसँग झगडा भएपछि यी व्यक्तिले गरे ४५० किलोमिटरको पैदल यात्रा

डिसी नेपाल
२५ मंसिर २०७७ ०:१३
744
Shares

रोम (एजेन्सी)। इटलीमा एक व्यक्ति पत्नीसँग झगडा भएपछि दिमागलाई शान्त गर्नका लागि घरबाट निस्के र हिँड्दा हिँड ४५० किलोमिटर टाढा पुगेका छन्।

इटलीको सामाजिक सञ्जालमा यी व्यक्तिको कारनामाबारे निकै चर्चा भइरहेको छ। मानिसहरुले उनलाई ‘फरेस्ट गम्प’ भनेका छन्। यो १९९४ को एक फिल्मको हिरो थियो जो पूरा अमेरिकामा हजारौं माइल दौडिन्थ्यो।

इटालीयन व्यक्तिको यो अनौठो यात्रामा प्रहरीले एड्रियाटिक तटस्थित फानोमा राति २ पूर्णविराम लगायो। उनी एक हप्तामा हिँड्दा हिँड्दा त्यहाँ पुगेका थिए। ४८ वर्षीय यी व्यक्तिलाई प्रहरीले कर्फ्यू्को उल्लंघन गरेको आरोपमा ४८५ अमेरिकी डलर जरिमाना पनि लगाएको छ। यो विषयमा सबैभन्दा पहिला बोलोग्नास्थित एक पत्रिकाले रिपोर्ट गरेको थियो। तर, छिटै यो इटलीका सञ्चार माध्यममा भाइरल भयो।

सामाजिक सञ्जालमा केही मानिसहरुले ती व्यक्तिमाथि गरिएको जरिमानाको आलोचना गरेका छन्। उनीहरुले ती व्यक्तिलाई पुरस्कार दिनुपर्नेसमेत बताएका छन्। उनीहरुले रिसमा ती व्यक्तिले शान्त हुन यात्रा गरेको तर हिंसा नगरेको भन्दै प्रशंसा पनि भइरहेको छ।

ती व्यक्तिले प्रहरीलाई भनेका छन्, ‘म यहाँसम्म पैदल आएको हुँ। मैले कुनै गाडी लिएन। बाटोमा मानिसहरु भेटिएका थिए। उनीहरुले मलाई खाना र पानी दिए। दैनिक औसत ६० किलोमिटर हिँडेकाले थाकेको छु। अरु ठिक छ।’

प्रहरीले उनलाई रातिमा चिसो काँपिरहेको बेला फेला पारेको थियो। जब प्रहरीले आफ्ना डेटाबेसमा उनको आईडी जाँच गर्यो, अनि पत्ता लाग्यो उनकी श्रीमतीले श्रीमान हराएको रिपोर्ट गरेकी रैछन्। त्यसपछि प्रहरीले उनकी श्रीमतीसँगसमेत सम्पर्क गरेको थियो। त्यसपछि उनी फानो आएर श्रीमानलाई भेटेको बीबीसीले उल्लेख गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.