इंगेजमेन्ट गरिसकेकी अभिनेत्रीको बिहे नहुँदै निधन, २८ वर्षकै उमेरमा आत्महत्या गरिन्
काठमाडौं। दक्षिण भारतकी चर्चित अभिनेत्री तथा भिजे चित्राको निधन भएको छ । उनले आत्महत्या गरेको बताइएको छ । चित्राको मृत शरीर चेन्नइबाहिर रहेको एक होटलमा भेटिएको छ । पुलिसले उनको शवलाई पोष्टमार्टमको लागि पठाएको छ । चित्राको केही समय पहिले इंगेजमेन्ट भएको थियो । अभिनेत्रीको निधनले दक्षिण भारतीय मनोरञ्जन उद्योग शोकमा छ ।
रिपोर्टका अनुसार चित्रा केवल २८ वर्षकी थिइन् । चेन्नइको नाजरेथपेट्टइ क्षेत्रको एक होटलमा उनको शव भेटिएको थियो । पुलिसले आत्महत्या गर्नुपर्ने कारणबारे अनुसन्धान गरिरहेको छ । चित्राले हालै चर्चित व्यवसायी हेमन्त रावसँग इंगेजमेन्ट गरेकी थिइन् । जानकारीका अनुसार चित्रा हुनेवाला पति हेमन्तसँग नै बस्थिन् । रिपोर्टअनुसार चित्रा घटनाको दिन राती साढे २ बजे होटल फर्किएकी थिइन् । उनले इभिपी फिल्म सिटीमा शुटिङ गरिरहेकी थिइन् ।
Tamil Nadu: TV actress VJ Chitra found dead at a hotel in the outskirts of Chennai, this morning. Police is ascertaining the cause of death. Her body recovered and sent for autopsy. Investigation underway.
— ANI (@ANI) December 9, 2020
होटलमा उनका हुनेवाला पति पनि साथमा थिए । हेमन्तले पुलिसलाई बताएअनुसार कामबाट फर्किएपछि चित्रा नुहाउन गएकी थिइन् । लामो समय बितिसक्दा पनि उनी बाहिर ननिस्किएपछि हेमन्तले ढोका ढक्ढक्याएर बोलाएका थिए तर जवाफ नदिएपछि उनले होटल स्टाफलाई सूचित गरे । डुप्लिकेट चाबीले ढोका खोल्दा चित्राको शव झुण्डिएको अवस्थामा थियो । चित्रा डिप्रेसनमा भएकोले यो निर्णय गरेको बताइन्छ । कैयौं तमिल च्यानलमा प्रस्तोताको काम गरेकी चित्रा पछिल्लो समय पांडियान स्टोर्स धारावाहिकमा काम गरिरहेकी थिइन् ।







डिसी नेपाल








Facebook Comment