प्रधानन्यायाधीशकी आमालाई नै ४ करोड ठगी !

डिसी नेपाल
२५ मंसिर २०७७ १४:२९
116
Shares

काठमाडौं। कानुनको उल्लंघन गर्नेहरुलाई न्यायोचित रुपमा सजाय निर्धारण गर्ने न्यायाधीशहरुका पनि प्रमुख प्रधान न्यायाधीशकी आमासँग नै करोडौं रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सम्पत्तिको हेरचाहको जिम्म पाएका कर्मचारीले नै भारतका प्रधानन्यायाधीश एसए बोवडेकी आमाको अढाइ करोड भारु (४ करोड नेपाली रुपैयाँ) ठगी गरेको खुलासा भएको छ ।

भारतीय अखबार दैनिक भास्करले पुलिस अधिकारीलाई उद्धृत गर्दै लेखेअनुसार आरोपी तापस घोषलाई ८ डिसेम्बरको राती गिरफ्तार गरिएको हो । नागपुर पुलिसको एक विशेष जाँच दलले डिसीपी विनिता साहूको नेतृत्वमा यस विषयमा थप अनुसन्धान गरिरहेको छ । अधिकारीका अनुसार आकाशवाणी चोकनजिकै बोवडे परिवारको आवाससँग जोडिएको उनीहरुको अर्को सम्पत्ति छ । भवनसहितको यो सम्पत्तिको नाम सीडन लन हो ।

बिहे जस्ता उत्सवहरु गर्नको लागि यो सम्पत्ति भाडामा दिने गरिएको छ । यसको मालिक प्रधानन्यायाधीश बोवडेकी आमा हुन् । घोषलाई यसको हेरचाह र हिसाबकिताबको जिम्मेवारी दिइएको थियो । घोषले विगत १० वर्षदेखि यसको व्यवस्थापन हेरिरहेका थिए । पैसाको लेनदेनको सबै जिम्मेवारी घोषको थियो । मुक्ताको वृद्ध उमेर र खराब स्वास्थ्यको फाइदा उठाएर घोषले फर्जी रसिद बनाएर अढाइ करोड घोटाला गरेका थिए । लकडाउनको क्रममा बुकिङ रद्द भएपछि पनि बुकिङ गरेका व्यक्तिहरुले पहिले नै दिएको पैसा फिर्ता नदिएपछि घोटालाको खुलासा भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.