बिहेमा यसरी फैलियो कोरोनाः बेहुलाको मृत्यु, बेहुलीसहित परिवारका ९ जना संक्रमित

डिसी नेपाल
२५ मंसिर २०७७ १५:४४
3.4k
Shares

काठमाडौं। बिहे गरेको केही दिनमै बेहुलाको मृत्यु भएको परिवारमा बेहुलीसहित परिवारका ९ जना सदस्य कोरोनाभाइरस संक्रमित पाइएका छन् । संक्रमितहरुको उपचार भइरहेको छ । यी दुईको १० दिन पहिले बिहे भएको थियो । भारतको उत्तर प्रदेशको फिरोजाबादका बेहुलाको ४ डिसेम्बरमा मृत्यु भएको थियो । समाचार एजेन्सी पीटीआइका अनुसार बेहुलालाई ज्वरो र सास फेर्न समस्या भइरहेको थियो तर कोरोना परीक्षण गराइएको थिएन ।

बेहुलाको मृत्यु भएपछि शंका लागेर पूरै परिवारको कोरोना परीक्षण गराउँदा ९ जना संक्रमित भेटिए । मुख्य चिकित्सा अधिकारी डा. नीता कुलश्रेष्ठका अनुसार युवकको २५ नोभेम्बरमा बिहे भएको थियो । बिहेलगत्ते युवकको स्वास्थ्य बिग्रियो र ४ डिसेम्बरमा मृत्यु भयो । परिवारमा ठूलो संख्यामा संक्रमित भेटिएपछि गाउँलेहरुको परीक्षणको लागि शिविर राखिएको छ । शिविरमा सम्पर्कमा आएकाहरुको पहिचान गरेर जाँच गरिने डा. कुलश्रेष्ठले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.