चीनद्वारा स्वास्थ्य–बीमा नियमनका लागि महत्वपूर्ण कानून स्वीकृत

डिसी नेपाल
२५ मंसिर २०७७ १९:४०
20
Shares

बेइजिङ । चिकित्सा संस्था र बीमादारहरूको अधिकार र जिम्मेवारी परिभाषित गर्ने मेडिकल बीमा कोषसम्बन्धी एक प्रमुख मस्यौदा नियमावलीलाई चिनियाँ राज्य परिषद्को बुधबार बसेको बैठकले स्वीकृत गरेको छ ।

मस्यौदाले मेडिकल विधेयकहरूको समयमै व्यवस्थापन गर्नुका साथै विमा कोषहरूको तुरून्त बाँडफाँडको काम गर्नेछ । यसले बीमा जालसाझीलाई विभिन्न माध्यमबाट जरिवाना र मेडिकल प्रमाणपत्र खारेजसमेत गर्न सक्ने प्रावधान रहेको छ ।

बेइजिङ, तियानजिन, हेबेईलगायतका १० प्रान्तस्तरीय क्षेत्रले मेडिकल–बीमा कोषहरूको सुपरिवेक्षणका लागि वैधानिक विशेष संस्थाको गठन गरिसकेका राष्ट्रिय स्वास्थ्य सेवा सुरक्षा प्रशासनले जनाएको छ ।

“सेवामुखी यस मस्यौदाको उद्देश्य मेडिकल बीमा कोषको जनताको वैधानिक अधिकारको रक्षा, चिकित्सा बीमा कोषहरुको निरीक्षण र सुदृढीकरणको रहेको छ,” राष्ट्रिय स्वास्थ्य सुरक्षा अनुसन्धान संस्थानका सह–व्यवस्थापक यिंग याझेनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.