लेबनानका पूर्व प्रधानमन्त्रीका हत्यारालाई आजीवन काराबासको फैसला

डिसी नेपाल
२६ मंसिर २०७७ २१:०६
136
Shares

काठमाडौं । लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरिरि र अरु २१ जनाको हत्यामा संलग्न भएको अभियोगमा एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ ।

सन् २००५ मा भएको सो घटनामा संलग्न भएको ठहर गर्दै विद्रोही समूह हेजबुल्लाका एक कार्यकर्तालाई आजीवन जेल सजाय तोकिएको हो ।राष्ट्रसंघीय अदालतले ५७ बर्षिय सलिम अयाशलाई आजीवन जेल सजाय गर्न शुक्रबार फैसला गरेको जनाइएको छ ।

उनले आत्मघाती बम आक्रमण गर्दा अरबपति राजनीतिज्ञसहित २२ जनाको मृत्यु भएको ठहर गरिएको बताइएको छ । घटनामा धेरै जनाको मृत्यु भएकाले उनलाई अदालतले आजीवन काराबासको पाँच गुणा बढी सजायँ हुनुपर्ने जनाइएको छ । दर्दनाक र अति चर्चित सो घटनामा परी अरु २२६ जना घाइते समेत भएका थिए ।

उनलाई आजीवन काराबासको सजाय फैसला गर्दै राष्ट्रसंघीय अदालतका प्रधान न्यायाधीश डेभिड रेले भने, “श्री अयाश आम नरसंहारमा संलग्न भएको पुष्टि भएको छ, त्यसैले उनलाई आजीवन काराबासको सजाय तोकिएको छ ।”

मुद्धाको सुनुवाईका क्रममा सहभागी न्यायधीशहरूले यस घटनामा सम्लग्न दोषीलाई आजीवन काराबासको पाँच गुणा बढी सजाय हुनुपर्नेमा सहमति जनाएको पनि उनले जानकारी दिए ।

जघन्य अपराधमा सम्लग्न दोषीकोरूपमा अयाशलाई अदालतले अन्तर्राष्ट्रिय पक्राउ पुर्जी पनि जारी गरेको छ । हेजबुल्लाहका प्रमुखले भने अदालतको फैसलाप्रति आपत्ति जनाउदै पुर्वाग्रहका आधारमा फैसला गरेको आरोप लगाएका छन् ।

यस घटनामा मारिएका लेबनानका पूर्व प्रधानमन्त्री हरिरिले सन् २००४ को अक्टोबरमै राजीनामा दिइसकेका थिए । त्यसपछिको २००५ को फेब्रुअरीमा उनको हत्या भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.